Prakash Adhikari December 20, 2018

काठमाडौं, ५ पुस । पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल राष्‍ट्र बैंकले १० रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छपाइ गर्दा स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको अख्तियारले आरोप लगाएको छ ।

अख्तियारले नेपाल राष्ट््र बैंकका तत्कालिन गभर्नर रावलसहित तत्कालिन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालयबहादुरपाँडे विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

Share Now

Leave a comment.