Prakash Adhikari December 21, 2018

मेलवर्न(अस्ट्रेलिया), ५ पुस । नेपाली क्रिकेटर सन्दीप लामिछाने आज अस्ट्रेलियन व्यवसायिक क्रिकेट लिग बिगब्यासमा खेल्दैछन् । मेर्लबर्न स्टार्ससंग आबद्ध सन्दीपको टोलीको पहिलो खेल सिड्नी थन्डर्ससंग हुँदैछ ।

क्यानबेरामा हुने यो खेलमा मेर्लबर्न स्टार्सको नेतृत्व चर्चित क्रिकेटर ग्लेन म्याक्सवेलले गर्दैछन्।

खेल नेपाली समय अनुसार दिउसाे २ बजेबाट सुरू हुनेछ ।

मेलवर्न स्टार्समा माइकल बियर, ड्वाइने ब्राभो, एडम जाम्पा, मार्कस स्टोइन्स जस्ता खेलाडीहरू छन्।

सिड्नी थन्डर्सको कप्तानी शेन वाटसनले गर्दैछन् र टिममा जोस बटलर, जोय रुट, प्याट कुमिन्स जस्ता खेलाडीहरू रहेका छन्।

बिहिबार मेर्लबर्न स्टारर्सले सन्दीप लामिछानेलाई १३ खेलाडीको अन्तिम सूचिमा राखेको छ।

सिड्नी थन्डर्सविरुद्ध १३ खेलाडीहरूको सूचीमा ग्लेन म्याक्सवेल ( कप्तान ) , माइकल बियर, स्कट बोलान्ड, ड्वाइने ब्राभो, ज्याकसन कोलम्यान, ट्रेभिस डिन, बेन डंक, इभन गुल्बिस, सन्दीप लामिछाने, निक लार्किन, लान्स मोरिस, मार्कस स्टोइन्स र एडम जाम्पा रहेका छन्।

विग व्यासमा टीमको अन्तिम ११ मा २ जना मात्र विदेशीमात्र खेलाउने प्रचलन छ ।

मेर्लबर्नले सार्वजनिक गरेको १३ खेलाडीको सूचीमा सन्दीप र वेस्ट इन्डिज क्रिकेटर डइने ब्राभो विदेशी खेलाडी रहेको हुनाले सन्दीपले पहिलो खेलबाटै मौका पाउने अवस्था छ ।

बिग ब्यास क्रिकेटमा एडलेड स्ट्राइकर, ब्रिसबेन हिट, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर गरी ८ टिम समावेश छन्।

खेल राउण्ड रोबिन र नकआउट चरणमा हुने बताइएको छ ।

सन्दीपले खेललागि आफू उत्साहित भएको बताएका छन् ।

Share Now

Leave a comment.