काठमाण्डौं, ६ पुस । बहुचर्चित सांगीतिक फ्रेन्चाइज शो ‘नेपाल आइडल सिजन-२’ को ग्र्याण्ड फिनाले शुक्रवार पुल्चोक इन्जिनियरिंग कलेजको मैदानमा हुँदैछ।
सिजन(१ को फिनाले गत साल कतारको दोहामा भएको थियो । यस पटक नेपाल आइडलका आयोजकहरुले नेपालमा नै फिनाले आयोजना गर्ने निर्णय मात्र गरेका छैनन्, प्रतियोगिताको फर्म्याटमा पनि परिवर्तन गर्दै बाँकी रहेका चारैजना प्रतिस्पर्धीहरुलाई फिनालेमा प्रतिस्पर्धा गराउने निर्णय गरेका छन्।
सुमित पाठक, अस्मिता अधिकारी, बिक्रम बराल र रवि ओद मध्ये एकजना अब नेपाल आइडल हुने निश्चित भएको छ।
गत बिहीवार चारैजनाले फिनाले अघिको दमदार प्रस्तुति दिइसकेका छन्।
अब दर्शकहरुको भोट जसले धेरै पाउँछ उही नेपाल आइडल हुने पक्का छ।
संगीतमा रमाउनेहरु उत्कृष्ट चारबाट जो नेपाल आइडलको बिजेता भएपनि फरक नपर्ने बताउँदैछन् भने शुरुदेखि नै आफूले फलो गरिरहेको गायकरगायिका नेपाल आइडल भएको हेर्न चाहनेहरु पनि उत्तिकै छन्।