क्यानबेरा(अस्ट्रेलिया), ६ पुस । अस्ट्रेलियाको घरेलु प्रतियोगिता बिग ब्यास लिग अन्तरगत आज भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले पहिलो खेलमा एकै ओभरमा दुई विकेट लिएर सनसनी मच्चाएका छन्।
क्यानबेराको मेनुका ओभल क्रिकेट मैदानमा ब्याट फ्लिप जितेर बलिड. रोजेको सन्दीपको मेलबर्न स्टार्समा उनले आठौं ओभरमा बलिड. गर्न पाएका थिए । यो ओभरको दोस्रो र अन्तिम बलमा उनले विकेट गज्जबसंग लिए ।

आठौE0्दिप त्यतिमा रोकिएनन् र त्यसै ओभरमा दोश्रो विकेट लिने क्रममा अर्का क्रिजमहेका कप्तान शेन वाटसनको विकेट लिए ।सन्दिप त्यतिमा रोकिएनन् र त्यसै ओभरमा दोश्रो विकेट लिने क्रममा अर्का क्रिजमा जमीसकेका अर्का अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर क्यालम फर्गुसनलाई क्याच आउट गराए। फर्गुसनले सन्दिपको बललाई रोक्न रोक्न खोज्दा लिडिंग एज लागेको थियो।
पहिलो ओभरमा २ विकेट लिन सन्दीपले मात्र ३ रन खर्चिए भने त्यस लगत्तै दशौँ ओभरमा बलिङ्ग गर्दै उनले ६ रन खर्चिए। ओभरको पाँचौ बलमा जोय रुटले उनलाई चौका प्रहार गरेका थिए।
Sandeep Lamichhane is making his mark on the @BBL! Just Shane Watson for your first wicket, thank you very much. #BBL08 pic.twitter.com/OTgUjQn5hV
— cricket.com.au (@cricketcomau) December 21, 2018
त्यसपछि तेश्रो ओभर बलिङ्ग गर्दा सन्दीप १२ औं ओभरमा केहि महँगो सावित हुने क्रममा १३ रन खर्चिए। त्यस ओभरको छैठौं बलमा जेसन साँगाले सन्दिपलाई छक्का प्रहार गरेका थिए।
१४ औं ओभरमा टिमको लागि चौथो ओभर बलिङ्ग गर्ने क्रममा भने सन्दिप महँगो सावित भए। उनलाई जेसन सांघाले ओभरमा २ वटा छक्का प्रहार गरे। ओभरको पहिलो बल र तेश्रो बलमा सन्दिपले छक्का खाँदा ४ ओभरमा २ विकेट लिंदै सन्दिपले ३६ रन खर्चन पुगे।
सिड्नी स्टार्सका लागि ए जाम्पाले २ र डीजे ब्राभोले एक विकेट लिए ।
स्टारलाई १ सय ८२ को लक्ष्य
ब्याट फ्लिप हारेर ब्याटिड.को निम्तो पाएको सिड्नी थन्डर्सले सन्दीपको मेलवर्न स्टारलाई १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सिड्नीले २० ओभरको निर्धारित खेलमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाउन सक्यो ।
सिड्नीका लागि जेजेएस सांगा ६३, डीआर साम ३४, एसआर वाट्सन २२, जेसी बटलर २०, जेई रुट १८,जेसी फर्गुसन १५ र सि.जे. ग्रिनले १ रनको योगदान गरे ।
अहिले मेलबर्न स्टारको इनिड. चलेको छ तर पहिलो ओभरको तेस्रो बलदेखि नै पानीले खेल स्थगित भएको छ ।


















