Prakash Adhikari December 22, 2018

सानेपा(ललितपुर), ७ पुस । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा तयार भै केन्द्रीय समितिको शुक्रबारको बैठकले पारित गरेको विधानको मस्यौदा महासमिति बैठकमा शनिवार प्रस्तुत भएको छ।

संशोेधित विधानमा पार्टीको संगठनात्मक ढाँचा टोलबाट शुरु गरी गाँऊ।नगर, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र,, जिल्ला,प्रदेश र केन्द्रीय तहसम्मको संगठानात्मक स्वरुप प्रस्ताव गरिएको छ ।

विधानमा साधरण सदस्य,क्रियाशील सदस्य, गाँउ।नगर प्रतिनिधि, प्रदेश सभा क्षेत्र समिति प्रतिनिधि, प्रतिनिधिसभा स्तर क्षेत्रीय प्रतिनिधि,जिल्ला प्रतिनिधि, महासमिति र महाधिवेशन प्रतिनिधिहरुको योग्यता पनि निर्धारण गरिएको छ ।

शनिवार प्रस्तुत विधान मस्यौदामाथि महासमिति सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ। शुक्रबार साँझ केन्द्रीय समितिले पारित गरेसँगै विधान मस्यौदालाई छपाइका लागि प्रेसमा पठाइएको थियो। बिहान ११ बजे बस्ने भनिएको बैठक विधान मस्यौदा ढिला मात्र आइपुग्दा ढिला गरी सुरु भएको थियो।

आइतबारसम्म बैठक सक्ने लक्ष्य राखिएकोले बैठक शनिवार रातिसम्म चल्न सक्ने बताइएको छ ।

महासमितिको मुख्य एजेण्डामा परेको विधान संशोधनमा सहमति नभएपछि महासमितिका धेरै सदस्यहरु निराश भएर फर्किसकेका छन् ।

अब कांग्रेसको केन्द्रीय कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र एक कोषाध्यक्ष रहने व्यवस्था हुनेछ । जसमा कोषाध्यक्ष बाहेक सबै पदाधिकारीहरु महाधिवेशन प्रतिनिधिहरुले प्रत्यक्ष निर्वाचन गर्नेछन् ।

हेर्नुहोस् कांग्रेसको विधान जस्ताको तस्तै :

https://drive.google.com/open?id=1vbYo6cAlzglMD_OI1rLrX3HVEApCYnTJ

Share Now

Leave a comment.