Prakash Adhikari December 27, 2018
सिड्नी(अ‍ेष्टेलिया), १२ पुस । अष्टेलियाको चर्चित घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यास लिग अन्तर्गत आफू आबद्ध टिम मेलबर्न स्टार्सको तेस्रो खेलमा पनि नेपाली क्रिकेट स्टार सन्दीप लामिछानले आफ्नो स्थान यथावत कायम राखेका छन् ।ग्लेन म्याक्सवेलको नेतृत्वमा रहेको सन्दीपको टीम मेलबर्न स्टार्सले आज तेश्रो खेल मोईसेस हेनरिकस नेतृत्वको टिम सिड्नी सिक्सर्ससंग खेल्दैछ।

खेल सिड्नी सिक्सर्सको घरेलु मैदान सिड्नी रंगशालामा हुनेछ ।

स्थानीय समय अनुसार अपरान्ह ७ः१५ बजे सुरु हुने खेलका लागि आफू सम्पूर्ण रुपले तयार रहेको र नेपालीहरुको अधिक बाहुल्यता रहेको सिड्नीमा आफ्नो प्रदर्शन अझ उत्कृष्ट हुने विश्वास नेपाली क्रिकेट स्टार सन्दीपले व्यक्त गरेका छन् ।

सन्दीपका कप्तान ग्लेन म्याक्सवेलले आजको खेलमा मैदानमा उत्रिने खेलाडीको नाम सार्वजनिक गरेका छन् । उनले टीममा ट्राभिस डिनलाई हटाएर पिटर हेण्ड्स कमलाई राखेका छन् । हेण्ड्सकम बुधबार मात्रै अष्टेलियन टेष्ट टीमबाट मुक्त भएका थिए ।

मेलबर्न स्टार्सले पहिलो खेल सिड्नी थन्डर्ससंग खेलेको थियो । बर्षाले प्रभावित यो खेलमा मेलबर्न १५ रनले पराजित भयो । होबार्ट हरिकेन्ससंग भएको दोस्रो खेलमा स्टार्सले ६ विकेटको पराजय ब्यहोरेको थियो।

सिड्नी सिक्सर्सले हालसम्म खेलेका २ खेल मध्ये १ मा जित र १ मा हार ब्यहोरेको छ । पहिलो खेलमा पार्थ स्कर्चर्ससंग १७ रनको जित निकालेको सिक्सर्सले तथा दोश्रो खेलमा सिड्नी थन्डर्ससंग २१ रनको पराजय सामना गर्नुपरेको थियो। अंकतालिकामा सिड्नी पाँचौ र मेलबर्न छैठौं स्थानमा रहेका छन्।

मेलबर्न स्टार्स टिम : ग्लेन म्याक्सवेल (कप्तान) , ड्वेन ब्राभो, ज्याक्सन कोल्म्यान, निक म्याडीसन, माइकल बियर, बेन डंक , इभान गुल्बिस, पिटर ह्यान्ड्सकम्ब, ज्याक्सन बर्ड, स्कट बोलान्ड, एडम जम्पा, ड्यानियल वोर्रल, मार्कस स्टोइन्स, निक लार्किन, सब गोच, म्याथु पार्किन्सन, ट्राभिस डिन, सन्दिप लामिछाने, लियम बो, जोनाथन मेर्लो, लेन्स मोरिस

सिड्नी सिक्सर्स टिम : मोइसेस हेनरिक्स( कप्तान ) , जोय डेनलि, स्टिभ ओकिफी, पिटर नेभिल, नाथन लायन, सिङ एबोट, ड्यानियल ह्युज, जोर्डन सिल्क, टम कुरान, बेन ड्वारसुइस, मिकी एड्वार्ड्स, गग्रेग वेस्ट, हेनरी थोर्टन, लोयोड पोप, ड्यानियल फलिन्स, जोश फिलिप्पे , ज्याक एड्वार्ड्स, जस्टिन एभेनडानो

स्टार्समा चम्केका नेपाली स्टार

बिग ब्यासको पहिलो खेलमै नेपाली स्टार सिड्नी थन्डर्सका कप्तान शेन वाटसन र अर्का चर्चित खेलाडी क्यालम फर्गुसनको विकेट लिएका थिए। खेलको आठौँ ओभरमा बलिङ्ग गर्न पाएका सन्दिपले एकै ओभरमा २ विकेट लिए।

पहिलो ओभरमा उत्कृस्ट बलिङ्ग बलिङ्ग गरेका सन्दीपले दोश्रो ओभरमा ६ रन, तेश्रो ओभरमा १३ रन तथा चौथो ओभरमा १४ रन खर्चिए। ४ ओभर बलिङ्ग गर्ने क्रममा उनले ३६ रन खर्चदै २ विकेट लिए।

टीमको दोश्रो खेलमा पनि सन्दीपले उत्कृस्ट बलिङ्ग गरे। सन्दिपले दोश्रो इनिंगमा बलिङ्ग गर्ने क्रममा एलेक्स डोलनलाई बोल्ड गर्दै सातौँ ओभरमा पहिलो विकेट दिलाएका थिए।

त्यसपछि आफ्नो स्पेलको तेश्रो ओभर बलिङ्ग गर्न १४ औं ओभरमा आएका सन्दीपले खतरनाक बनिरहेका ब्याट्सम्यान म्याथु वेडलाई ५२ रनमा क्याच आउट गराएका थिए। स्पेलको अन्तिम ओभर गर्न १६ औं ओभरमा आएका सन्दीपले २८ रन बनाएका म्याकडरमटलाई एलबिडब्लु धरापमा पारे।

अघिल्लो खेलमा २ विकेट लिएका सन्दिपले यो पटक ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिंदै राम्रो प्रदर्शनलाई जारि राखे।

Share Now

Leave a comment.