Prakash Adhikari January 9, 2019

काठमाडौं, २५ पुस। निजी क्षेत्रको क वर्गको बाणिज्य बैंक सिद्धार्थ बैंकले ब्राञ्च म्यानेजरदेखि जुनियर अफिसरसम्म झण्डै डेढ सय कर्मचारी आवश्यक भएको विज्ञापन प्रकाशित गरेको छ ।

बैंकले स्नातक गरी कम्तिमा ४ वर्षको कार्यानुभव भएकाहरुले आवेदन दिनसक्ने सिनियर अफिसर तहको ब्रान्च म्यानेजर, क्रेडिट डिपोजिट रिलेसनसिप अन्तर्गतका विभिन्न पदको लागि १० जना कर्मचारी माग गरेको छ।

त्यस्तै अफिसर तहमा १४ वटा शाखाको लागि ब्रान्च म्यानेजर, ७ वटा भन्दा धेरै शाखा कार्यालयको लागि क्रेडिट एण्ड रिलेसनसिप अफिसर, उपत्यकाभित्रका १० भन्दा धेरै शाखाको लागि ब्रान्च म्यानेजर माग गरेको हो।

 

बैंकले उपत्यका भित्र तथा बाहिरका शाखा कार्यलयका लागि २४ जना भन्दा धेरै जुनियर अफिसर माग गरेको छ । जुनियर अफिसरका लागि स्नातक गरि कम्तिमा पनि दुई वर्षको कार्यानुभव हुनुपर्ने छ।

त्यस्तै, बैंकले जुनियर एसिस्टेन्टमा ४२ भन्दा धेरै शाखाका लागि ५२ जना भन्दा धेरै संख्यामा कर्मचारी माग गरेको छ ।

त्यस्तै लघुवित्त बैंकिङ विभागका लागि २० जना भन्दा धेरै कर्मचारी माग गरेको छ ।
आवेदन दिने अन्तिम मिति माघ २२ गते तोकिएको छ।

Share Now

Leave a comment.