Prakash Adhikari January 24, 2019

 

सानोठिमी(भक्तपुर),१० माघ । कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सम्बन्धमा माध्यमिक तहका शिक्षकहरुको अन्तरवार्ता माघ १३ गतेदेखि यथावत सुरु हुने शिक्षा सेवा आयोगले जानकारी दिएको छ ।

आयोगले बुधबार एक सूचना प्रकाशित गरी  सर्वोच्च अदालतबाट रिट नं ०७५ डब्ल्यू ओ ०२१५ को उत्प्रेषणसँग सम्बन्धित  निवेदनमा मिति २०७५ माघ ८ गते संयुक्त इजलासबाट भएको संक्षिप्त आदेश कार्यान्वयन गर्दै मिति २०७५ माघ १३ गतेदेखि यस आयोगमा हुने माध्यमिक तहको पूर्वनिर्धारित अन्तर्वार्ता कार्यक्रम यथावत रुपमा सञ्चालन हुने व्यहोरा जानकारी गराएको हो । अन्तरवार्ता सुचारु गर्ने सम्बन्धी निर्णय आयोगले माघ ९ गते लिएको थियो ।

त्यस्तै आयोगले कार्यरत अस्थायी शिक्षकहरुतर्फ प्राथमिक र निम्नमाध्यमिक तहको छुट अन्तर्वार्ता मिति २०७५ साल माघ २४ गते दिनको १ः०० बजे शिक्षक सेवा आयोगमा हुने व्यहोरा जानकारी गराएको छ ।

Share Now

Leave a comment.