काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षीदलका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरिएको बताउनुभएको छ ।
उहाँले केपी शर्मा ओली सरकारले अधिनायकवादी शैलीमा विधेयक पारित गर्न खोज्दा सभामुखले तटस्थ भूमिका खेल्न नसकेको आरोप लगाउनुभएको छ।
विधेयक जबरजस्ती पारित भएपछि संसद परिसरमा पत्रकारहरुसंग भन्नुभयो, ‘वेल घेराउ हुँदाहुँदै अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सभामुखले पदको गरिमा नै राख्न सक्नुभएन, मलाई दुस्ख लागेको छ, ।
उहाँले सरकारले कांग्रेसले गरेका सबै काम मेट्न लागेको आरोप लगाउनुभयो ।
शुक्रबारको प्रतिनिधिसभाको बैठक कांग्रेसको अवरोधबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले रोष्ट्रममा पुगेर विधेयक पेश गर्नुभएको थियो।
उक्त प्रस्तावमा कुनै छलफल नै नगरी विधेयक पारित भएको हो।


















