Prakash Adhikari December 24, 2017

काठमाडौं, ७ पौष । आर्थिक कारोबारमा संलग्न कम्पनीहरुको साखः निर्धारण गर्न नेपालमा दोस्रो साखः निर्धारण संस्था सञ्चालनमा आएको छ ।

बिहिबार एक औपचारिक कार्यक्रमको बीचमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले केयर रेटिङ्स नेपाल सेवाको शुभारम्भ गर्नुभएको थियो ।
केयर रेटिङ्स लिमिटेड, इन्डियाको अधिक हिस्सा रहेको यस संस्थामा नेपालका विशाल ग्रुप,ग्लोबल आईएमई बैंक, इमर्जिड. नेपाल लिमिटेड, प्रुडेन्सियल इन्सुरेन्स, नेपाल रिइन्सुरेन्स लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड सहितको संयुक्त लगानी रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट कार्तिक ३० गते नेपालमा क्रेडिट रेटिङ व्यवसाय सञ्चालन गर्न अनुमति पाएको केयर रेटिड. नेपालले साधारण सेयर (आइपीओ), एफपीओ,हकप्रद शेयर, ऋणपत्र, डिबेन्चर, व्यापारिक कागजात, बैंक निक्षेप, टर्म लोन, कार्यगत पूँजी, ग्यारेन्टी र
लेटर अफ क्रेडिट सामूहिक लगानी कोष (म्युचुअल फन्ड) र अग्राधिकार सेयर निष्कासन सहितको साख निर्धारण गर्ने काम गर्दछ ।

यसले इन्सुेरेन्स कम्पनी, सम्पत्ति व्यवस्थापन कम्पनीलगायत साना तथा मझौला उद्योगहरुलाई पनि साख निर्धारणको सेवा दिनेछ ।

बिहीबार आयोजित समुद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले नेपालको बजार सम्भाव्यताका आधारमा तथा वित्त बजारमा बढी पारदर्शीता र प्रतिस्पर्धा ल्याउने उद्देश्यका साथ कम्पनीलाई अनुमतिपत्र प्रदान गरिएको बताए ।

उनले बजारको आकार बढ्दै जाँदा देशको वित्तीय स्थिरता सुनिश्चित गर्नका लागि संस्थागत वित्तीयस्तर निर्धारणको आवश्यकता पनि बढ्दै जाने र वित्तिय अवस्थामा जोखिम कम गर्न वित्तिय संंस्थाहरुको साख निर्धारण अनिवार्य गराउन नेपाल राष्ट बैंकले पनि अग्रसरता लिनुपर्ने बताए ।

Share Now

Leave a comment.