Prakash Adhikari February 9, 2019

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका)ं,२६ माघ ।

अमेरिका, फेब्रुवरी १०। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जंग उनबीचको दोश्रो शिखर वार्ता भियतनामको राजधानी शहर हनोईमा  फेब्रुवरी  २७ र २८ मा हुने निश्चित भएको छ।

My representatives have just left North Korea after a very productive meeting and an agreed upon time and date for the second Summit with Kim Jong Un. It will take place in Hanoi, Vietnam, on February 27 & 28. I look forward to seeing Chairman Kim & advancing the cause of peace!

Image may contain: 1 person

दुबै नेताहरुको शिखरवार्ताको मिति र स्थानको घोषणा राष्ट्रपति ट्रम्पले आज एक ट्वीट मार्फत गरेका हुन्। “शान्तिको सुनिश्चताका लागि अध्यक्ष किमलाई भेट्न आतुर छु”, राष्ट्रपति ट्रम्पले वार्ताको मिति घोषणा गर्दै ट्वीट गरेका छन्। उनले लगत्तै दोश्रो ट्वीटमा लेखेका छन्-“अध्यक्ष किमको नेतृत्वमा उत्तर कोरिया ठूलो आर्थिक शक्तिकेन्द्र भएर धेरैलाई आश्चर्यचकित बनाउन सक्ने संभावना छ, उनीसंग त्यो प्रचुर क्षमता भएको मैले देखिसकेकोले मलाई भने त्यसमा कुनै आश्चर्य लाग्ने छैन।” नर्थ केरियासंग सम्वन्ध सुधारोन्मुख हुनु अघि ‘रकेटम्यान’ भन्दै उत्तर कोरियाली नेता किमको आलोचना गर्ने गरेका राष्ट्रपति ट्रम्पले दोश्रो वार्ता अघि अध्यक्ष किमको निकै प्रशंसा गर्दै भनेका छन्- “उत्तर कोरिया अब छुट्टै किसिमको रकेट बन्ने छ- ‘एउटा आर्थिकशक्तियुक्त रकेट!”

 

यसअघि गत जुन १२, २०१८ मा सिंगापुरमा दुबै नेताहरुबीचको पहिलो ऐतिहासिक शिखरवार्ता भएसंगै अमेरिका-उत्तर कोरिया सम्वन्ध सुधारोन्मुख हुँदै आएको छ भने दशकौंपछि कोरियाली प्रायद्वीपमा दिगो शान्तिको संभावना प्रवल हुँदै गइरहेको छ।

Share Now

Leave a comment.