Prakash Adhikari February 11, 2019

 

धनगढी(कैलाली),२८ माघ । धनगढीमा आजदेखि सुरु भएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल)को पहिलो खेलमा काठमान्डौ गोल्डन्सले धनगढी स्टार्सलाई ४ विकेटले पराजित गरेको छ।

घनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बलिड. गरेको काठमाडौं धनगढीले दिएको १३३ रनको लक्ष्य एक बल अगावै ६ विकेट गुमाएर पूरा गरेको हो ।

धनगढी स्थित फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३२ रन बनायो ।

गतिलो सुरुवात गर्न नसकेको धनगढीको स्कोरबोर्डमा मात्र एक रन हुँदा ओपनर रोहन मुस्तफा खाता खोल्न नपाउँदै रनआउट भए ।

त्यसपछि अर्को ओपनर सुनील धमला मात्र तीन रनमा पेभेलियन फर्किदा धनगढीले ६ रनमा दुई विकेट गुमायो । तेस्रो विकेटकालागि अमित श्रेष्ठ र रन्दिप रजाली विच अर्धसतकिए साझेदारी हुँदा धनगढीको टिम केहि सम्हालिएको थियो ।

तर सन्दिप २८ रनमा ललित राजवंशीको बलमा आउट भएपछि घरेलु टिमले ५८ रनमा तेस्रो विकेट गुमायो । त्यसछि क्रिजमा आएका पवन सराफ पनि मात्र १९ रनमा आउट भएपछि एक सय एक रनमा चौथो विकेट खेर फाल्यो ।

त्यसपछि उसको स्कोर एक सय १५ रन हुँदा अर्धसतक बनाएका अमित श्रेष्ठ पेभेलियन फर्किए । उनी यो सिजनको डिपीएलको पहिलो खेलमा नै अर्धसतक बनाउन सफल भए । अन्तिम ओभरमा सौरभ खनालले १७ रन बनाउदै धनगढीको स्कोरलाई बलियो बनाए ।

जवाफमा काठमाडौंले एक बल बाँकि हुँदा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

काठमाडौंले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गर्यो । उसले ९५ रन बनाउदा तीन विकेट गुमाएको थियो ।

ओपनर गौरव तमोर २८ रनमा आउट भए भने अनिलकुमार शाह २४ रनमा पेभेलियन फर्किए । यस्तै अंकित दावासले २९ रनको योगदान गरे ।

त्यसको लगत्तै कप्तान ज्ञानेन्द्र मल्ल मात्र तीन रनमा आउट भएपछि काठमाडौंले ९९ रनमा चौथो विकेट खेर फाल्यो ।

त्यसपछि नै सोनु तामाङ पनि मात्र दुई रनमा आउट हुँदा काठमाडौंको एक सय रनमा पाँचौ विकेट गुमायो । त्यसपछि योगन्द्र कार्की दुई रनमा आउट भए । अन्तिममा विक्रम भुषालले १४ रनको योगदान गरे । बलिङमा रोहन मुस्तफाले चार विकेट लिए ।

Share Now

Leave a comment.