Prakash Adhikari February 11, 2019

धनगढी(कैलाली), २८ माघ ।  धनगढी प्रिमियर लिगको दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगर युनाईटेडलाई २ रनले पराजित गरेको छ ।

 

धनगढीको फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा १ सय ११ रनमा अलआउट भएको थियो ।

 

आजको खेलमा रुपन्देहीको सुरुआत जम्न सकेन । ५ रनमा पहिलो विकेट गुमाएको च्यालेञ्जर्सले ५५ रनमा ५ विकेट खेर फालेको थियो । रुपन्देहीका ४ जना खेलाडीले दोहोरो अंकको योगफल बनाउन  सके । उसका लागि सुमित महर्जनले सर्वाधिक २७ रन बनाए । यस्तै विनोद भण्डारीले १९ रन बनाउदा सन्दीप सुनारले १५ र बाबर हायातले १४ रन जोडे ।

 

रुपन्देहीलाई सस्तैमा रोक्न सिद्धान्त लोहनीले ३ तथा सागर ढकाल र अभिनाश बोहराले २ । २ विकेट लिए ।

 

जवाफमा महेन्द्रनगर २० ओभरमा आठ विकेट गुमाउँदा १ सय ९ रनमा रोकियो ।

 

३६ रन बनाउदा दुई विकेट गुमाएको महेन्द्रनगर युनाइटेडले ६१ रन बनाउदा ४ विकेट खेर फाल्यो । उसका ओपनर दिलिप नाथ ८ तथा कप्तान शरद भेषवाकर ४ रनमा आउट भए । त्यस्तै कुशल मल्ल ९ र आरिफ शेख ५ रनमा पेभेलियन फर्किए ।

 

त्यसको लगत्तै सुब्रमनियम आनन्दपनि ब्यक्तिगत २५ रनमा आउट भएपछि महेन्द्रनगरले ६४ रनमा ५ विकेट खेर फाल्यो । महेन्द्रनगरको ब्याटिङ रुपन्देहीको बलिङ अगाडि पुरै कमजोर बन्यो । उसले ६६ रन बनाउँदा ६ विकेट गुमायो । अन्तिममा रोहितकुमार पौडेलले टिमलाई लयमा ल्याएका थिए । तर उनी २४ रनमा पेभेलियन फर्किए । जसका कारण १०० रन बनाउदा महेन्द्रनगरले ७ विकेट गुमायो । त्यसको लगत्तै मोहम्मद नाभिदपनि १२ रनमा आउट भएपछि ८ विकेट गुमायो ।

 

त्यसपछि ब्याटिड.मा आएका अविनास बोहोराले थप ३ र  राउटेलाले थप ६ रन जोडेका थिए । तर सो योगफल च्यालेन्जर्सलाई च्यालेन्ज गर्न पर्याप्त भएन ।

 

Share Now

Leave a comment.