Prakash Adhikari December 25, 2017

कीर्तिपुर(काठमाडौंं),८ पौष । एभेष्ट प्रिमियर लिग अन्तरगतका आजसम्म सम्पन्न खेलमा आफू समाविष्ट चारवटै प्रतियोगितामा विजयी बनेर विराटनगर वारियर्सले सर्वाधिक ८ अंक हासिल गरेको छ भने तीन तीन खेल खेलेका पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सले ४ र ४ अंक बटुलेका छन् । चार चार खेलमा भिडेका काठमाडौं किंग्स् इलेभेन, ललितपुर प्याटियोट्स र चितवन टाइगर्स २र २ अंकमा सीमित रहेका छन् ।

चितवनले निकाल्यो पहिलो जित

दिपेन्द्र सिंह ऐरी र प्रविन गुप्ताले महत्त्वपूर्ण समयमा अर्धशतक प्रहार गरेपछि चितवन टाइगर्सले ललितपुर प्याट्रीयट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको पहिलो जित हात परेको छ ।

्र्र
शनिवार कीर्तिपुर खेल मैदानमा भएको दोश्रो खेलमा ललितपुर प्याट्रीयट्सले दिएको १३१ रनको लक्ष्य चितवन टाइगर्सले मात्र ५ विकेट गुमाउदै ४ बल अगाडीनै पुरा गरेको थियो । चितवनको जितमा अन्य ब्याट्सम्यानहरुले व्यक्तिगत ३ रन भन्दा माथिको स्कोर बनाउन नसकिरहेको अवस्थामा कप्तान दिपेन्द्र सिंह ऐरी र प्रवीण गुप्ताले चौथो विकेटको लागि ८१ रनको साझेदारी गरेका थिए ।

ऐरीले सन्दिप लामिछानेको बलमा आउट हुनुअघि ५५ रन बनाउन ५० बल खेलेका थिए जसमा ७ चौका सामेल थियो । प्रवीण गुप्ताले ४३ बलमा २ छक्का र ४ चौका सहित अविजित ५६ रन बनाउदा आकाश ४ रनमा अविजित रहे ।

ललितपुरका बलर सन्नी पटेलले ३ विकेट हात पार्न ४ ओभरमा २३ रन खर्चेपनि जितका लागि पर्याप्त हुन सकेन, ललित राजबंशी र सन्दीप लामिछानेको नाममा १र१ विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिंग रोजेको ललितपुरले २० ओभरमा १३० रन बनाउदा सबै विकेट गुमाएको थियो । उसले राम्रो सुरुवातलाई निरन्तरता दिन सकेन । ओपनर जयकिशन कोल्सावालाले ३१ रन बनाउन ३१ बलमा ४ चौका प्रहार गर्दा अर्का ओपनर शंकर रानाले पनि ३७ बलमा ४ चौका सहित २७ रनको पारी खेलेका थिए । सोनु तामांगले १९ तथा ज्ञानेन्द्र माल्लले १० रन प्रहार गर्दा सुबोध भाटीले ८ बलमा ३ छक्का सहित २३ रनको आक्रामक पारि खेलेका थिए ।

बलिंगतर्फ ललितपुरको मध्यक्रमलाई रोक्न चितवनका योगेन्द्र सिंह कार्कीले ३० रन खर्चिएर ४ विकेट लिए । प्रवीण गुप्ता र प्रमेश कुमारले समान २ विकेट हात पार्दा कमल सिंह ऐरीको नाममा १ विकेट रह्यो ।

खेलमा उत्कृस्ट प्रदर्शन गर्दै अविजित ५६ रन बनाएका तथा बलिंगतर्फ २ विकेट हात पारेका प्रवीण गुप्ता म्यान अफ द म्याच घोषित भए ।

बिराटनगरद्धारा भैरहवा ३५ रनले पराजित

अन्शुमान राथको उत्कृष्ट ब्याटिंग र अभिनास कर्णको बलिंगको मद्धतमा बिराटनगर वारियर्सले भैरहवा ग्लाडीएटर्सलाई ३५ रनले पराजित गरी अंक तालिकामा थप २ अंक जोडेर ८ पुर्यायो ।

बिराटनगरले दिएको १५० रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको भैरहवाले १८.३ ओभरमा अल आउट हुनअघि ११४ रन मात्र जोड्न सक्यो। कुनैपनि ब्याट्समेनले सम्हालिएर रन बनाउन नसक्दा भैरहवाले प्रतियोगितामा पहिलो हार बेहोर्न बाध्य भयो।

भैरहवाको इनिंगमा प्रदिप ऐरी र हरिशंकर साहले समान १८/१८ रन बनाउन बाहेक अन्य ब्याट्समेनले खुलेर खेल्न सकेनन्। बिराटनगर वारियर्सको कसिलो बलिंग र आवश्यक रन रेटको दवाबमा भैरहवाका ब्याट्समेनले आफ्नो खेल प्रदर्शन गर्ने सकेनन्।

प्रदिप ऐरीले राम्रो सुरुवात पाएपनि सुरुवातलाई ठूलो स्कोरमा बदल्न विफल रहे। बसन्त रेग्मीको बलमा बोल्ड हुनअघि ऐरीले १८ बलमा ४ चौका सहित १८ रन बनाएका थिए। हरिशंकर साहले पनि २१ बलमा १ चौका सहित १८ रन बनाए। यस्तै पुनित बिष्टले १५, कृष्ण कार्कीले १२ र आरिफ शेखले १० रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन।

बिराटनगरका लागि अविनास कर्णले ४ विकेट लिए। ४ ओभर बलिंग गरेका कर्णले २५ रन खर्चेर ४ विकेट लिए। यस्तै बसन्त रेग्मीले पनि ३।३ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए। बिराटनगरका लागि करण केसी, पारस खड्का र शहन अदीशाले पनि समान १(१ विकेट लिए।

यसअघि भैरहवाका कप्तान शरद भेष्वाकरले टस जित्दै पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंग गरेको बिराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउंदै १४९ रन बनाएको थियो।

बिराटनगरको इनिंगमा अन्शुमान राथले ५७ रनको योगदान गरे। ५० बल सामना गरेका राथले हरिशंकर साहको बलमा बोल्ड हुनअघि ८ चौका प्रहार गरेका थिए। मात्र ९ रन जोड्दा आशिफ शेखको रुपमा पहिलो विकेट गुमाएको बिराटनगरको इनिंगलाई बाबर हायात र अन्शुमान राथको साझेदारीले उकासेको थियो। राथ र हयातले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरे।

हरिशंकर साहको बलमा बोल्ड हुनअघि उनले ३५ बलमा २ चौका र १ छक्काको मद्धतमा ३६ रन बनाए। यस्तै कप्तान पारस खड्काले १५, प्रणित थापा मगरले १४ र करण केसीले पनि ११ रनको योगदान दिएका थिए।

बलिंगतर्फ भैरहवाका लागि हरिशंकर साहले ४ ओभर बलिंग गर्दै ३५ रन खर्चेर ३ विकेट लिए। यस्तै एक ओभरमात्र बलिंग गरेका आरिफ शेखले १२ रन खर्चेर २ विकेट लिएका थिए। आरिफको एक ओभरमा पारस खड्का र प्रणित थापा मगर पभेलीयन फर्किएका थिए। बिचका ओभरमा अन्शुमान राथ र बाबर हयातले साझेदारी गरेपनि अन्तिमका ओभरहरुमा भैरहवाले लगातार रुपमा विकेट लिंदा बिराटनगर ठूलो स्कोर बनाउनबाट रोकिएको थियो।

उत्कृष्ट बलिंग गरेका अभिनाश कर्ण खेलको म्यान अफ दि म्याच चयन।

Share Now

Leave a comment.