Prakash Adhikari February 18, 2019

काठमाण्डौ, ६ फागुन । वास्तविक क्षेत्र अर्थात उत्पादनमूलक क्षेत्र अन्तरगतको शिवम् सिमेन्ट्सले आजदेखि सर्वसाधरणको लागि प्रिमियम दरमा प्राथमिक शेयर निष्कासन गरेको छ ।

यो कम्पनीले आयोजना प्रभावित मकवानपुर जिल्लाका वासिन्दालाई प्रति कित्ता २०० रुपैया र सर्वसाधारणका लागि प्रतिकित्ता रु ३०० मा शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधरणतर्फ ४१ लाख २० हजार कित्ता र आयोजना प्रभावितका लागि ५ लाख ७९ हजार ६८० कित्ता शेयर छुट्याएको छ।

यसअघि सर्वसाधारणका लागि प्रतिकित्ता अंकित मूल्यमा ३०० रुपैयाँ थपेर प्रतिकित्ता ४०० रुपैयाँ र आयोजना प्रभावितका लागि २०० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ३०० रुपैयाँको दरले आइपीओ निश्कासनको प्रस्ताव गरेको थियो । तर कम्युनिष्ट सरकार सत्तामा आएपछि सेयर बजार निरन्तर ओरालो लागेको र प्रतिकित्ता रु १०० मा जारी भएका जलविद्युत कम्पनीहरुको शेयर बिक्री हुन छोडेपछि कम्पनीले आफ्नो प्रिमियम दरमा परिवर्तन गरेको हो ।

picture of Shivam Cement udhyog, hatiya, laxmipur, makawanpur

कम्पनीले यसअघि आयोजना प्रभावितका लागि निश्कासन गरेको आइपीओमा अत्यन्त न्यून आवेदन परेको थियो ।

फागुन ६ देखि निश्कासन भएको शिवम्को आइपीओमा छिटोमा फागुन ९ गतेभित्र र ढिलोमा चैत ५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

शिवम्को बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । इच्छुक आवदेकले न्यूनतम ५० कित्तादेखि अधिकतम सबै कित्ता खरीदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड थ्री प्लस’को रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत छ भन्ने देखाउँछ ।

शिवम् सिमेन्टको आइपीओमा संगठित संस्थाका लागि समेत विशेष सुविधा दिइएको छ । संगठित संस्थाले आइपीओ निश्कासन गरिएको पहिलो दिन अर्थात फागुन ६ गतेदेखि नै खरीदका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक आयोजना प्रभावित तथा सर्वसाधारणले सीआस्वा सदस्य बैंक तथा बित्तीय संस्थामार्फत तथा मेरो सेयर प्रयोग गरेर समेत आवेदन दिन सक्नेछन् ।

Related image

शिवम सिमेन्टले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा २०.२९ प्रतिशतले बढाएको छ ।

अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म कम्पनीको खूद नाफा ५४ करोड ६८ लाख रहेकोमा बढेर यो वर्ष ६५ करोड ७८ लाखको उचाईमा पुगेको हो ।

अघिल्लो वर्ष बिक्रीबाट प्राप्त हुने आम्दानी ४ अर्ब ७ करोड बढी रहेकोमा त्यसलाई बढाएर शिवमले ५ अर्ब २२ करोडको उचाईमा पुर्याएको छ ।

यो कम्पनीले लगानीलाई समेत निरन्तर बढाइरहेको देखिएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म २ अर्ब ७७ करोडमा सीमित लगानी बढेर यो वर्षको सोही अवधिसम्म ३ अर्ब ३६ करोड पुगेको छ ।

कम्पनीको अघिल्लो वर्ष १ अर्ब ७७ करोडमा सीमित आम्दानी बढेर यो वर्ष ३ अर्ब ४ करोड पुगेको छ ।

कम्पनीले आइपीओ निश्कासनका लागि तयार गरेको विवरणपत्रमा चालु आर्थिक वर्षको अन्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा हुने प्रक्षेपण गरिएको छ ।

Image result for Shivam CEment

त्यसपछि आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ४६ पैसा र २०७७/७८ मा २४८ रुपैयाँ २५ पैसा हुने प्रक्षेपण गरेको छ ।

यस्तै, कम्पनीले प्रतिसेयर आम्दानीतर्फ पनि आफ्नो प्रक्षेपण सार्वजनिक गरेको छ । जसअनुसार चालु आर्थिक वर्षमा इपीएस ३०।३७ रुपैयाँ हुने, ०७६/७७ मा ४२।०८ रुपैयाँ हुने र ०७७/७८ मा ४७।७९ रुपैयाँ हुने भनिएको छ ।

कम्पनीले लगानीकर्तालाई प्रत्येक आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट दिने लाभांशको प्रक्षेपण समेत सार्वजनिक गरिसकेको छ । जसअनुसार गत आर्थिक वर्षका लागि प्रतिसेयर १५ रुपैयाँ, चालु आर्थिक वर्षका लागि पनि प्रतिसेयर रु। १५ रुपैयाँ नै, ०७६/७७ का लागि २० रुपैयाँ र ०७७/७८ का लागि समेत २० रुपैयाँ नगद लाभांश दिन सकिने प्रक्षेपण गरिएको छ ।

यो कम्पनीको सम्पूर्ण दायित्व भन्दा नेटवर्थ बढी रहेको छ भने कम्पनी विगत ३ वर्षदेखि लगातार मुनाफामा चलिरहेको छ ।

आर्थिक वर्ष ०७२/७३ मा ७७ करोड ७८ लाख नाफा कमाएको यो कम्पनीले ०७३/७४ मा ८१ करोड १३ लाख र ०७४/७५ मा १ अर्ब १४ करोड नाफा कमाएको छ ।

खूद सम्पत्ति मूल्य पनि लगातार बढिरहेको देखिन्छ । ०७२/७३ मा १४४।५३ रुपैयाँ रहेको यस्तो मूल्य बढेर ०७३/७४ मा १५९।६६ रुपैयाँ र ०७४/७५ मा १६१।६१ रुपैयाँ कायम भएको छ । कम्पनीको विगत ३ वर्षको भएको औसत प्रतिफल २१।८४ प्रतिशत रहेको छ ।

यो कम्पनीले विभिन्न बैंकबाट लिएको १ अर्ब ४९ करोड ६० लाख रुपैयाँ ऋण तिर्नलाई आइपीओको प्रिमियमबाट आएको रकम उपयोग गर्ने बताएको छ ।

शिवम्ले आयोजना प्रभावितलाई जारी गरेको आइपीओमा प्रिमियमबापत १७ करोड ६० लाख रुपैयाँ र सर्वसाधारणबाट १ अर्ब ३२ करोड प्रिमियम बापत आम्दानी गर्नेछ ।

कम्पनीको जारी पूँजी ४ अर्ब ४० करोड रहेको छ । यसैको १२ प्रतिशतको दरले आइपीओ निश्कासन गर्न लागेको हो ।

कम्पनीको खुद मुनाफामा आर्थिक बर्ष २०७५र७६, २०७६र७७ र २०७७र७८ मा क्रमश जम्मा १६।८७, ३८।५६ र १३।५८ प्रतिशतको वृद्धि अनुमान गरिएको छ ।

कुल खर्चमा भने आर्थिक बर्ष २०७५/७६, २०७६/७७ र २०७७र/७८ मा क्रमश ५.४२, १०.४१ र -०.३६ प्रतिशतले वृद्धि हुने हुने अनुमान गरिएको छ।

संस्थाले आर्थिक बर्ष २०७२/७३ को असार मसान्तदेखि आर्थिक बर्ष २०७४ को असाढ मसान्तसम्म कुल बिक्रिबाट हुने आम्दानीमा २७.६४ प्रतिशत को वृद्धि गरेको र आर्थिक बर्ष २०७४/७५ को असार मसान्तसम्म ३९.४० र आ।व। २०७५/०७६, आ।व। ७६/०७७ र आ।व। ७७/०७८ मा क्रमशः ६.५६, १५.२७ र २.४० प्रतिशतको वृद्धि पक्षेपण गरेको छ ।

शिवम सिमेन्टको आइपीओको प्रत्याभूत गर्न अन्य दुई मर्चेन्ट बैंकर पनि सहमत भएका छन् । अब ग्लोबल आइएमई क्यापिटल र सीबीआइएल क्यापिटलले समेत शिवमको आइपीओ अण्डरराइट गर्ने कम्पनीले जनाएको छ । यसअघि एनआइबिएल एस क्यापिटलले मात्र कम्पनीको आइपीओ प्रत्याभूत गर्ने भनिएको थियो ।

Share Now

Leave a comment.