Prakash Adhikari February 22, 2019

शारजहाँ(संयुक्त अरब इमिरेट्स), १० फागुन । नेपालका चर्चित क्रिकेट स्टार सन्दीप लामिछाने आज पाकिस्तानको घरेलु लिग पाकिस्तान सुपर लिगमा पहिलो पल्ट मैदानमा देखा पर्दैछन् ।

उनी आबद्ध लाहोर क्वालन्दर्सले आज मुल्तान सुल्तानसंग खेल्दैछ ।

स्थानीय समय अनुसार अपरान्ह ५ : १५ मा आरम्भ हुने खेलमा सन्दीपको प्रदर्शनलाई पाकिस्तानका खेलाडी र दर्शकहरुले पनि बडो अधैर्यका साथ प्रतिक्षा गरिरहेका छन् ।

पाकिस्तान सुपर लिगको यो संस्करणको दशौं खेल लाहोर क्वालन्दर्सको लागि चौथो खेल हो ।

लाहोर क्वालन्दर्सले हालसम्म ३ खेल खेलिसकेको छ । तीन मध्ये १ खेलमा विजयी र २ मा हार ब्यहोरेको छ ।

खेलको पूर्व सन्ध्यामा आफ्नो टिमको लागि दिइएको भिडियो सन्देशमा उनले आज मुल्तान सुल्तानविरुद्ध हुने लाहोर क्वालन्दर्सको खेलमा आफ्नो टिमलाई सपोर्ट गरिदिन दर्शकहरुसंग अपील गरेका छन् ।

https://www.facebook.com/LahoreQalandars/videos/495346170996282/

यस अगाडि प्रतियोगिताको लागि सोमबार शारजहाँ पुगेका सन्दीपले खेलको अभ्यासस्थलबाटै याशिर साहजस्ता लेजेन्टसंग खेल्ने अवसर पाएकोमा आफूलाई सन्तोष लागेको कुरा पाकिस्तानी सञ्चारमाध्यमलाई बताएका छन् । उनले फाकर जमान र इभि डे भिलियर्ससंग खेल्न सुन्दर दिनहरुको पनि प्रतीक्षामा रहेको बताए ।

सन्दीप लामिछाने आबद्ध लाहोर क्वालान्दर्समाफकिर जमाम, हरिश सहेल, एबी डे भिलियर्स,मोहम्मद हाफी,याशिर साह,शहिल अख्तर,शाहिन अफ्रिदी, राहत अलि,अघा सलमान, एन्टोन देभकिक, कार्लोस ब्रेथह्वाइट, कोरेय एण्डरसन, उमैर मसूद, हसन खान, मोहम्मद इम्रान,हर्दश भिलजोन, डेभिड वाईस,साद अलि,ब्रेनडन टेलर,अजिज चिमा,गौहार अलि र हरिस रौफ जस्ता खेलाडीहरु रहेका छन् ।

Share Now

Leave a comment.