Prakash Adhikari February 25, 2019

बैंकक(थाइल्याण्ड), १३ फागुन । आइसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्रीय छनोट क्रिकेट प्रतिगयोगितमा नेपाली महिला टीमले चौथो जित निकालेको छ । आज भएको खेलमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन बनायो । टिममा दुई खेलाडी परिवर्तन गरेको नेपालले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो ।

ओपनर सिता रानामगर ११ रनमा आउट भइन । त्यसपछि लगत्तै नेपालको दोस्रो विकेट झर्यो । अर्की ओपनर काजल श्रेष्ठ १८ रनमा आउट भइन ।

नेपालको स्कोर ५ रन हुँदा अरु २ विकेट झर्न पुग्यो । विन्दु रावल १० रनमा तथा इन्दु बर्मा ८ रनमा बाहिरिए ।

नेपालले ६० रनमा पाँचौ तथा ६५ रनमा छैटौ विकेट खेर फाल्यो । अप्सरा ३ तथा कप्तान रुवीना क्षेत्री ५ रनमा आउट भइन । करुणा भण्डारीले खाता खोल्न सकिनन् भने सरिता मगर ६ रनमा आउट भइन ।

७८ रनको लक्ष्य पाएको चीनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै जम्मा ७२ रनको योगफल तयार पार्यो । मात्र ४ रन हुँदा पहिलो विकेट गुमाएको चीनले २० रन बनाउदा दुई विकेट खेर फाल्यो । उसका लागि झाङ चानले ३, कप्तान हुवाँ झुओले ३, फो सोङले ६ रन बनाइन । तेस्रो विकेटका लागि केइउन झु र झाङ मेइले ३८ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालिन ।

चीनकी झु १८ रनमा आउट भएपछि ५८ रनमा उसको चौथो विकेट गुम्यो । अन्तिम ओभरमा चीनलाई जितका लागि १६ रन आवश्यक थियो । तर उसले पुरा गर्न सकेन ।
बरु उसले थप एक विकेट गुमाउन पुग्यो । बलिङमा नेपालका लागि सिता रानामगरले ३ विकेट लिइन ।

ICC Women’s T20 World Cup Asia Region Qualifier

TEAM M W L PT NRR
THI-W 5 5 0 10 3.449
UAE-W 5 4 1 8 1.843
NEP-W 5 4 1 8 0.345
CHN-W 6 3 3 6 0.337
HKG-W 5 1 4 2 -0.653
MAL-W 5 1 4 2 -1.879
KUW-W 5 0 5 0 -3.753

हालसम्म समान ५ ५ खेल खेलेका थाइल्याण्ड, यूएई र नेपालले क्रमश १० र ८ / ८ अंक पाएका छन् । अब तीनै टीमले एक एक खेल खेल्न बाँकी छ । नेपालले कुवेतसंग खेल्न बाँकी छ । अर्को रोचक खेल थाइल्याण्ड र युएइबीच हुँदैछ ।

नेपालले कुवेतलाई जित्ने संभावना प्रवल छ भने थाइल्याण्ड र यूएईबीचको खेल कसका पक्षमा जान्छ एकिन गर्न सकिने अवस्था छैन । यदि यो खेलमा यूएईले थाइल्याण्डलाई जितेमा तीनै टीमको अंक समान हुनेछ भने रन रेटका आधारमा शीर्षमा रहने टीमको चयन हुनेछ जसमा नेपाललाई लाभ हुन सक्ने देखिन्छ ।

Share Now

Leave a comment.