Prakash Adhikari March 4, 2019

काठमाडौं, १९ फागुन । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको पनि आईतबार अन्त्येष्टि गरिएको छ । हेलिकप्टर दुर्घटनामा गरी गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित निधन भएका शेर्पाको आईतबार बौद्ध परम्पराअनुसार काठमाडौंको टेकू दोभानमा अन्त्येष्टि गरिएको हो

पर्यटन व्यवसायीको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित रहेका शेर्पाको अन्त्येष्टिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु पनि सहभागी भएका थिए । विमान चालकहरुको समेत उल्लेख्य सहभागिता रहेको शेर्पाको अन्त्येष्टिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेस उपसभापति विजयकुमार गच्छदार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेशकुमार भट्टराई, विभिन्न राजनीतिक दलका सांसदहरुको पनि सहभागिता रहेको थियो ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्षसमेत रहेका स्वर्गीय शेर्पाले नेपालको पर्यटन क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएका छन् । शेर्पासँगै गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीसहित अन्य ६ जनाको गत शुक्रबार नै अन्त्यष्टि गरि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको पनि आईतबार अन्त्येष्टि गरिएको छ । हेलिकप्टर दुर्घटनामा गरी गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित निधन भएका शेर्पाको आईतबार बौद्ध परम्पराअनुसार काठमाडौंको टेकू दोभानमा अन्त्येष्टि गरिएको हो ।

पर्यटन व्यवसायीको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित रहेका शेर्पाको अन्त्येष्टिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु पनि सहभागी भएका थिए । विमान चालकहरुको समेत उल्लेख्य सहभागिता रहेको शेर्पाको अन्त्येष्टिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेस उपसभापति विजयकुमार गच्छदार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेशकुमार भट्टराई, विभिन्न राजनीतिक दलका सांसदहरुको पनि सहभागिता रहेको थियो ।

स्वर्गीय शेर्पाले नेपालको पर्यटन क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएका छन् । शेर्पासँगै गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीसहित अन्य ६ जनाको गत शुक्रबार नै अन्त्यष्टि गरिएको थियो ।

Share Now

Leave a comment.