Prakash Adhikari March 9, 2019

काठमाडौं, २५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमतिका बूँदा बूदामा असहमति जनाउदै यस्तो सहमतिको मस्यौदामा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापाको राजिनामा माग गर्नुभएको छ ।

सरकार र सिके राउतबीच ११ बुँदे सहमति भएको भोलिपल्ट आज (शनिबार) राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता रावलले यस्तो मत सार्वजनिक गर्नुभएको हो ।

Image result for Home minister and CK raut sign in agreement

नेता रावले भन्नुभयो, ‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन् । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन् ।’

उहाँले थप्नुभयो , सहमतिको बुँदा नम्बर ४ मा स्व–शासनको कुरा उल्लेख गरिएको छ, जुन कुरा हामीले संविधान बनाउँदासमेत मानेका थिएनौं । अहिले फेरि यो कुराले प्रवेश किन पायो ?’

नेकपाका प्रभावशाली नेता रावले राजनीतिक सहमति कायम गरिएको शुक्रबारको सार्वजनिक कार्यक्रममा पनि सी. के.राउतले बडो कलात्मक रुपमा आफ्नो सम्बोधन गरेको बताउदै भन्नुभयो,,‘उहाँले कतैपनि राष्ट्र विखण्डनको कुरा फिर्ता लिनुभएको छैन । अहिलेपनि उहाँले बोलेका विखण्डनका कुराहरु छ्याप्तछ्याप्ती पाइन्छन् । बरु, उहाँले विगतमा मैले बोलेका कुराहरु ठीक थियो पुष्टि गर्न खोज्नुभयो ।’

सी.के. राउतले सरकारसंग तराई मधेशको विषयमा जनमतसंग्रह गर्न सहमति भएको दावी गर्दै आउनुभएको छ र सहमतिमा पनि जनअभिमत भन्ने शब्द उल्लेख भएको छ । त्यसलाई कतिले उहाँले तराईको स्वतन्त्रताका विषयमा जनमत संग्रह गर्ने विषयमा सरकारी वार्ताकारहरुले सहमति जनाएको अर्थमा लिएका छन् ।

नेकपा नेता रावलले हिजोको सहमतिले कतै राष्ट्र टुक्रयाउने कुरालाई बैद्यता त प्रदान गर्दैन भन्दै प्रश्न उठाउदै भन्नुभयो,‘कतिपय कुराको परिणाम तत्काल आउँदैन् । ५, १० र २० वर्षपछि परीणाम आउँछन्।’

उहाँले नेपालको तराईको राजनीतिक भविष्यसंग जोडिएको विषयमा सहमति गर्दा पनि पार्टीभित्र छलफल नभएकोमा आक्रोश पोख्दै भन्नुभयो,‘पार्टीमा यस विषयमा छलफल गर्नुपर्दैन ? मैले त सहमति हुन्छ भन्ने थाहा पाएपछि नेताहरुमार्फत आफ्नो मत प्रेषित गरेको थिएँ । हाम्रै पार्टीका साथीहरुले पनि भाषाहरु परिवर्तन गर्नुपर्छ भन्नुभएको थियो । तर, सच्याईएन । पार्टी भनेको सामूहिकतामा चल्नुपर्छ । एक÷दुई जनालाई जे मन लाग्यो, त्यही गर्ने भए किन पार्टी चाहियो ?’

Image result for Home minister and CK raut sign in agreement

नेता रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई पार्टीकै अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गरेकोमा दुःख व्यक्त गर्र्दै भन्नुभयो, ‘ प्रधानमन्त्रीले हाम्रो अध्यक्ष प्रचण्ड र सिके राउतको आँटको तुलना गर्नुभयो, यसमा मलाई दुःख लाग्यो । देशद्रोही हो भनेर राउतलाई सरकारले जेल पठाएको व्यक्ति र हाम्रो अध्यक्ष प्रचण्डको चरित्र एउटै हो भनियो, यसको जवाफ कसले दिने हो ?

नेता रावलले स्वतन्त्र मधेश गठबन्धनका नेता सी.के. राउले आफ्नो सम्बोधनमा यसअघि राष्ट्रका विरुद्धमा र देश टुक्र्याउने सम्बन्धमा दिनुभएको अभिव्यक्ति फिर्ता लिन्छु पनि नभनेको र क्षमा पनि नमागेकोमा आश्चर्य व्यक्त गर्दै यो सहमतिमा सिंगो राज्य एक सानो समूहभन्दा कमजोर ढंगले प्रस्तुत भएको बताउनुभयो ।

नेता रावलले सरकारले सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्येश्य, गन्तव्य र एउटा धारणा स्पष्ट हुनुपर्नेमा सिके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाउनुभयो ।

 

उहाँले आफू कम्युनिष्ट पार्टीको सच्चा कार्यकर्ता भएकोले पार्टीको विधानको प्रतिरक्षा गरेको बताउदै प्रश्न गर्नुभयोे,‘मधेश टुक्र्याउँछु भन्नेहरुसँग जनमतसंग्रह गर्न सहमत हुने हो ? यो कुरा संविधानले अनुमति दिन्छ त ? नेकपाको घोषणापत्रले अनुमति दिन्छ त ? ’रावलले सहमतिको औचित्यमा नै प्रश्न उठाउदै भन्नुभयो, कसको स्वार्थमा यत्रो सहमति गरियो ? सरकारले यसको जवाफ दिनुपर्छ ।

रावलले प्रधानमन्त्री ओलीले राउतलाई दार्शनिक भनेर सम्बोधन गरेकोमा पनि आश्चर्य प्रकट गर्नुभयो ।

नेकपाका स्थायी समितिका सदस्य समेत रहनुभएका रावलका अभिब्यक्तिलाई किन गम्भिरतापूर्वक लिइन्छ भने उहाँले राष्टिय सुरक्षामा अहम् भूमिका राख्ने रक्षा र गृहमन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

Share Now

Leave a comment.