Prakash Adhikari March 17, 2019

सानो ठिमी (भक्तपुर), ३ चैत्र । शिक्षा सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा लिएका लिखित र अन्तरर्वार्तामा उत्तीर्ण भएका थप ९ जिल्लाका प्राथमिक तहका शिक्षकहरुको नामावली सार्वजनिक गरेको छ ।

आयोगले २०७५ चैत्र ३ गतेको निर्णय अनुसार आइतबार जनकपुर अञ्चलका दोलखा,रामेछाप,सिन्धुली,सर्लाही, धनुषा र महोत्तरी जिल्लाका साथै राप्ती अञ्चलका रुकुम,रोल्पा र सल्यान जिल्लामा कार्यरत अस्थायीबाट स्थायी हुन परीक्षामा सामेल भएका प्राथमिक तहका शिक्षकहरुको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा आषाढ ३० गते लिएको लिखित परीक्षा र त्यसको नतिजाको आधारमा लिइएको अन्तरवार्ताको आधारमा कायम हुन आएको योग्यताक्रमका आधारमा नतिजा प्रकाशित गरेको जनाएको छ ।

हेर्नुहोस् ९ जिल्लाबाट स्थायी हुने प्राथमिक शिक्षकको नामावली :

दोलखा

रामेछाप

सिन्धुली

सर्लाही

धनुषा

महोत्तरी

रुकुम

रोल्पा

सल्यान

Share Now

Leave a comment.