हेग(नेदरल्याण्ड),५ चैत्र । नेपालकी शुष्मी श्रेष्ठले २९ औं ओपन युरोपियन कराते च्याम्पियनसिपमा कांस्य जितेकी छन् ।
शुष्मीले महिला ६५ केजीमा कांस्य जितेको नेपाल क्योकुसिन बुदोकाइ कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले बताए ।
नेदरल्याण्डको हेगमा भएको प्रतियोगितामा शुष्मीले होल्यान्डकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिन ।
सेमिफाइनलमा बेल्जियमकी खेलाडीसंग अंक आधारमा चुकेपछि उनी कांस्यमै सीमित भइन् ।
प्रतियोगितामा प्रमुख प्रशिक्षक सुवेदीले निर्णायकको भूमिका समेत निर्वाह गरेको बताइएको छ ।
प्रतियोगिता मार्च १६ र १७ तारिखमा भएको थियो ।


















