Prakash Adhikari March 24, 2019

 

सानोठिमी (भक्तपुर), १० चैत्र । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरु मध्येबाट माध्यमिक तहमा स्थायी हुन सफल शिक्षकहरुको नतिजा प्रकाशन गर्न थालेको छ ।

आयोगले आईतबार सामाजिक शिक्षा, अर्थशास्त्र, कार्यालय सञ्चालन र लेखा; स्वास्थ्य,जनसंख्या तथा वातावरण; स्वास्थ्य  शारीरिक; कम्प्युटर शिक्षा र संस्कृत विषयमा अध्यापनरत देशैभरका कार्यरत अस्थायीबाट स्थायी हुने शिक्षकहरुको नतिजा प्रकाशित गरेको छ ।

आयोगको आजै बसेको बोर्डले सो नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

शिक्षक सेवा आयोगले माध्यमिक तहमा कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा २०७५ असार २९ गते लिखित परीक्षा लिई त्यसमा उत्तीर्ण हुने शिक्षकहरुको अन्तरवार्ता सम्पन्न गरि दुवै परीक्षाको अंक एकीकृत गरी कायम हुन आएको योग्यताक्रम बमोजिम नतिजा प्रकाशन गरेको हो ।

स्थायी हुने विषयगत शिक्षकहरुको नाम हेर्न तलका विषयमा क्लिक गर्नुहोस् :

सामाजिक शिक्षा

अर्थशास्त्र

कार्यालय सञ्चालन र लेखा

स्वास्थ्य,जनसंख्या तथा वातावरण

स्वास्थ्य र शारीरिक,कम्प्युटर शिक्षा , संस्कृत

 

Share Now

Leave a comment.