Prakash Adhikari March 30, 2019

 

नयाँदिल्ली(भारत), १६ चैत्र । भारतको चर्चित घरेलु क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिगमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई आबद्ध गरेको दिल्ली क्यापिटल्सले आफ्नो तेस्रो खेलमा उनलाई मौका दिएको छ ।

दिल्लीको घरेलु मैदान फिरोज शाँ कोट्ला क्रिकेट मैदानमा कोलकोता नाइट राइडर्सविरुद्ध भएको आजको खेलमा दिल्लीले सन्दीपलाई मैदानमा उतारेको हो ।

टस जितेर फिल्डिड. रोजेको दिल्लीले पहिले आफ्नो टिममा लेग स्पिनर सन्दिप र अम्मित मिश्रालाई स्थान दियो। राहुल तेवतिया र अक्षर पटेलले यो खेलमा मौका पाएनन् ।

सिजनको पहिलो खेलमा सन्दीले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए। यस क्रममा नेपाली स्पिनरले १३ बलमा रन दिएनन्। उनको बलमा एक रन आउटको लाभ पनि दिल्लीलाई हुन गयो ।

खेलको दोश्रो ओभरमा बलिङ्ग गरेका सन्दीपले सो ओभरमा मात्र १ रनमात्र जोड्ने मौका दिए । सन्दिपको ६ वटै बलको सामना गरेका निखिल नायकले लगातार ५ बलमा रन बनाउन सकेनन् । छैठौं बलमा १ रन लिंदै मेडन ओभर टारेका थिए।

इनिंगको चौथो ओभरमा दोस्रो स्पेल लिएर आएका सन्दीपले ६ रन खर्चेर १ विकेट हात पारे। ओभरको पहिलो बलमा क्रिस लिनले १ रन लिएपछि स्ट्राइकमा आएका निखिल नैकले २ बलमा रन बनाउन सकेनन्।

ओभरको चौथो बलमा सन्दीपले विकेट लिए र निखिललाई पेभेलियन फर्र्काए ।

त्यसपछि ब्याटिंगमा आएका नयाँ ब्याट्सम्यान रोबिन उथप्पाले पहिलो बलमै सन्दीपलाई चौका प्रहार गरे भने अन्तिम बलमा १ रन लिए।

इनिंगको दशौँ ओभरमा तेस्रो स्पेल लिएर आएका सन्दीपको पहिलो बलमा शुभमन गिल रन आउट भए। त्यसपछिको ५ बलमा सन्दिपले ३ रन मात्रै लिन दिए । उनले २ बल डट गरे। ३ बलमा एक रन लिन दिए ।

१२ औं ओभरमा स्पेलको अन्तिम ओभर गर्न आएका सन्दीपलाई आन्द्रे रसेलले अन्तिम २ बलमा २ छक्का प्रहार गरे। ओभरको पहिलो २ बल डट फालेका सन्दीपले गरेको तेश्रो बलमा दिनेश कार्तिकले चौका प्रहार गरे। त्यसपछि चौथो बलमा १ रन लिएर आन्द्रे रसेललाई पालो दिए । रसेलले सन्दिपले गरेको पाँचौ र छैठौ बलमा छक्का प्रहार गरे ।

आईपीएलको ११ औं संस्करणमा ३ खेलमा सन्दीपले ५ विकेट लिएका थिए र यो एउटा विकेट पछि आईपीएलमा सन्दीपको विकेट संख्या ४ खेलमा ६ पुगेको छ।

दिल्लीले कोलकोता नाइट राइडर्स विरुद्धको खेलमा पृथ्वी शाँ, शिखर धवन, श्रेयस ऐयर, रिशभ पन्त, कोलिन इन्ग्राम, हनुमा बिहारी, क्रिस मोरिस, सन्दीप लामिछाने, कागिसो रबाडा, हर्षल पटेल, अमित मिश्रालाई मैदानमा उतारेको छ ।

पहिले ब्याटिड.गरेको कोलकोताले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय ५६ रन बनाएको छ । र नेपाली खेलाडी सन्दीप आबद्ध दिल्ली क्यापिटल्सलाई १ स ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहिले ब्याटिड.थालेको दिल्ली क्यापिटल्सले नवौं ओभरको दोस्रो बलसम्ममा ६६ रन बनाएको छ र एक विकेट गुमाएको छ ।

Share Now

Leave a comment.