Prakash Adhikari March 31, 2019

तम्घास(गुल्मी), १६ चैत्र । नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री के. पी. ओलीको नेतृत्वमा रहेको दुई तिहाईको बामपन्थी सरकारले जनतालाई करको भार बढाएर ढाँडमात्र सेकेको गम्भीर आरोप लगाएका छन् ।

नेपाली कांग्रेस पार्टीको जिल्ला सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवासहित झण्डै एक दर्जन केन्द्रीय सदस्यहरु शनिवार गुल्मी पुगेका थिए ।

पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले विकासलाई हाँक्न नसक्ने बताउनुभयो । उहाँले पार्टीभित्र भावनात्मक रुपले एकता कायम हुन नसकेको र चुनावको मुखमा सत्तामा र प्रतिपक्षमा रहेका कम्युनिष्टहरु मिलेकोले अघिल्लो चुनावमा पार्टीको पराजय भएको बताउदै आगामी निर्वाचन अगाडि नै पार्टीलाई भावानात्मक रुपले एकताबद्ध बनाएर चुनावमा बहुमत ल्याउने बताउनुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले अहिलेको सरकार काम गर्नभन्दा पनि गफ गर्नमा व्यस्त रहेको बताउँदै हिजो कांग्रेसको सरकारले गरेका विकास निर्माणका कामहरूको रिवन काटेर उद्घाटन गरेर फुई लगाईरहेको आरोप लगाउनुभयो ।

उहाँले सरकारले कर बढाएर जनताको ढाड मात्रै सेक्दै एक दलीय अधिनायकवादी शासन चलाइरहेको दाबी गर्नुभयो ।

संवैधानिक निकायहरूको गठन लगायतका विभिन्न निकायहरूका गठनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई जानकारी नगराइ संविधानको मर्म र भावनाविपरीत सरकार चलेको बताउँदै देउवाले भन्नुभयो, ‘यो सरकारको मनपरी र अधिनायकवादी शासन सहेर कांग्रेस चुप लाग्दैन।’

https://www.facebook.com/tara.tamghas/videos/2403027969920669/

सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र भावनात्मक एकता नहुँदा विपक्षीले धेरै फाइदा लिएकाले कांग्रेसमा अन्तरात्मादेखिको एकताको आवश्यकताऔंल्याउनुभयो ।

‘उहाँले पार्टीका सभापति सहित सबै नेताहरुलाई तल्लो तहमा रहेका कार्यकर्ता,शुभेच्छुक र मतदाताको भावनालाई बुझ्न आग्रह गर्दै महासमितीको बैठकमा भएको निर्णयलाई त्यो भन्दा सानो संख्यामा प्रतिनिधित्व रहेको निकायबाट उल्ट्याउन नसकिने बताउनुभयो ।

https://www.facebook.com/tara.tamghas/videos/2403004616589671/

‘म पाटी नेतृत्वलाई आग्रह गर्न चाहन्छु’, उहाँले भन्नुभयो ,‘जनता र पार्टी कार्यकर्ता लगायत नेताहरूको मन जितेर नेता बन्नुहोस, यसो भएमा कांग्रेस एक हुन कुनै समस्या म देख्दिनँ।

कार्यक्रममा पार्टीका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस एकताबद्ध भए कुनै पनि तागतले पराजित गर्न नसक्ने भएकोले आफू पार्टीलाई एकताबद्ध बनाउन सक्रियतासाथ लागिरहेको बताउनुभयो ।

 

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत लगायतका केन्द्रीय सदस्यहरुले सम्बोधन गरेको सो कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री के पी ओलीको सरकारले जनताले दिएको बहुमतलाई अनावश्यक सत्ता गठबन्धन गरी दुई तिहाई पुर्याएर त्यो शक्तिलाई देशमा कम्युनिष्टहरुको अत्याचार बढाउन दुरुपयोग गरिएको आरोप लगाउनु भयो ।

https://www.facebook.com/tara.tamghas/videos/2402893546600778/

उहाँले भन्नुभयो, के पी ओलीको दुई तिहाईको सरकारले निर्मला पन्त र उनी जस्ता दिनहु बलात्कार र हत्यामा परेका निमुखा बालिका र महिलाका आफन्तलाई न्याय दिन सकेन, मान्छको हत्या समेत भएको ३३ किलो सुन तस्करीका नायकहरुलाई पत्ता लगाउन सकेन , वाईडवडीको ६ अरबभन्दा बढीको भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्न सकेन, सिहदरबार देखी वार्ड सम्म कमाउन लागेका कार्यकर्तालाइ रोक्न सकेन, दिनदिनै को सडक दुर्घटना रोक्न सकेन र हुदाँ हुँदा एसईईको प्रश्नपत्र जोगाउन सकेन।

उहाँले कम्युनिष्टहरु केन्द्रदेखि वडासम्म कमाउने धन्दामा लागेकोले जनताको सेवा र सुविधा र विकासको कामको नेतृत्व लिन नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

Share Now

Leave a comment.