Prakash Adhikari April 1, 2019

बीरगञ्ज(पर्सां), १८ चैत्र । आइतबार राती आएको आँधीबेहरीले प्रदेश नं २ का बारा र पर्सामा निकै क्षति पुर्याएको छ । नेपाल प्रहरीले बारा र पर्सामा गरि ३१ जनाको मृत्यु भएको जनाएको छ ।

आँधीबेहरीका कारण सोमबार बिहानसम्ममा ५०० बढी घाइते भएको प्रहरीले जनाएको छ।

मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।

प्रहरीले बारामा २६ र पर्सामा एक जनाको मृत्यु भएको पुष्टि गरेको छ। मृतक र घाइतेको संख्या बढिरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

घाइतेहरुको बाराको सदरमुकाम कलैया अस्पताल, वीरगञ्जस्थित नारायणी अस्पताल, गण्डक अस्पताल,हेल्थ केयर, वीरगञ्ज नेसनल मेडिकल कलेज र न्युरो अस्पताल उपचार भइरहेको छ।

संघीय प्रहरी इकाई कार्यालय धनुषाले दिएको जानकारी अनुसार बाराको सुवर्ण गाउँपालिकाका ४, थ्रेटाका १७ र पर्सौनीका ६ जनाको मृत्यु भएको छ। वीरगञ्ज–१२ गण्डकमा बिजुलीको पोल ढल्दा एक जनाको मृत्यु भएको छ।

उद्धार र घाइतेको उपचारका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या खटिएको छ।

शीघ्र उद्दारको लागि प्रधानमन्त्रीको आह्वान

यसै बीच प्रधानमन्त्री के.पी. शर्मा ओलीले आइतबार राती सामाजिक सञ्जालमा आफ्नो भनाई राख्दै आँधीबेहरीबाट भएको क्षतिको लागि दुःख प्रकट गर्दै पीडितहरुको उद्दारको लागि जुट्न र घाइतेहरुको उद्दार उपचारमा कमी हुन नदिन सरकारका निकाय र पार्टी पडि.तलाई निर्देशन दिनुभएको छ ।

Share Now

Leave a comment.