Prakash Adhikari April 1, 2019

काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं २ को बारा र पर्सा जिल्लामा १७ चैत्रमा आएको आँधी-बेहरीबाट पीडित नागरिकहरुको उद्दार राहत कार्यमा खट्न कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।

सभापति देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत सो अनुरोध गर्नुभएको हो ।

चैत्र १७ गते साँझ असिनासहित आएको आँधी-बेहरीले बारा र पर्सा जिल्लामा ३१ जना नागरिकको ज्यान जानुको साथै ६ सयभन्दा बढी नागरिकलाई घाइते बनाएको थियो ।

आँधी-बेहरीले कच्ची घरका फुस र जस्ता पाताका छानाहरु उडाउनुको साथै घर नै लगाएर पर्खाल भत्किदा, सवारी साधनहरु पल्टिदा मानिसहरु किचिएको बताइएको छ ।

आधी बेहरीबाट भएको पूर्ण क्षतिको विवरण अझै आईपुगेको छैन ।

Share Now

Leave a comment.