चण्डिगढ(पञ्जाब,भारत), १८ चैत्र । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिगको १२ औं संस्करण अन्तरगत आज भएको खेलमा २ विकेट लिएका छन् ।
सोमबार उनी आबद्ध दिल्ली क्यापिटल्सले किंग्स् इलेभेन पञ्जाबविरुद्ध खेलेको थियो ।
चण्डिगढको मोहली क्रिकेट मैदानमा भैरहेको खेलमा सन्दीप आबद्ध दिल्ली क्यापिटल्सले टस जितेर फिल्डिड. रोजेको थियो ।
पञ्जाबविरुद्धको खेलमा सन्दीपले ४ ओभर बलिड. गर्ने मौका पाए । उनले २७ रन बनाउन दिएर २ विकेट लिए ।
चौथो ओभरका पहिलो स्पेल लिएर आएका सन्दीपले पाँचौ बलमा २० रन बनाएका साम कुरानलाई मैदान बाहिर पठाए । यो ओभरमा उनले १० रन दिए ।
सातौ ओभरमा उनले विकेट लिन सकेनन् । जम्मा ४ रन दिए ।
१२ औं ओभरमा तेस्रो स्पेल लिएर आएका उनले यसमा पनि विकेट लिन सकेनन् । ९ रन दिए ।
१४ औ ओभरमा आफ्नो चौथो स्पेल लिएर आएका सन्दीपले २९ रन बनाएका सर्फराज खाँलाई पेभिलियनको बाटो देखाए । उनले एक विकेट लिंदै ४ रन बनाउने अवसर दिए ।
पञ्जाबविरुद्ध २ विकेट लिए पछि सन्दीप सन २०१९मा सम्पन्न टी २० प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडीमा दर्ता भएका छन् । उनले यसै बर्ष भएका खेलमा २७ विकेट लिएका छन ।दोस्रोमा साहिद अफ्रिदी छन् उनले २६ विकेट लिएका छन् । तेस्रो स्थानमा रसिद खान छन् उनले २५ विकेट लिएका छन र चौथो स्थानमा शकिब अल हसन छन् उनले २४ विकेट लिएका छन् ।
पञ्जाब विरुद्धको खेलमा क्रिस मोरिस ले ३ र कागिसो राबडाले २ विकेट लिए । दुई विकेट रन आउटबाट दिल्लीले पाएको थियो ।
पञ्जाबले बनायो १ सय ६६ रन
खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको किंग्स् इलेभेन पञ्जाबले निर्धारित २० ओभरकोे खेलमा ९ विकेट गुमाउदै १ सय ६६ रन बनाएको थियो ।
पञ्जाबका लागि डेभिड मिलर ४३,सर्फराज खाँ ३९, मन्दीप सिंह,२९, साम कुरान २०, केएल राहुल १५,,मायनक अग्रवाल ६ , आर आश्विन ३ र हर्दुस भिल्जियोन तथा एम आश्विनले एक एक रन जोडेका थिए ।