काठमाडौँ,१९ चैत्र । न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीशका लागि ५ जनाको नाम सिफारिश गरेको छ ।
परिषद्को मंगलबार बिहान बसेको बैठकले प्रकाश ढुंगाना, शुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोज शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशको लागि सिफारीश गरेको हो ।
संसदीय सुनुवाइ समितिबाट सुनुवाइ भएपछि मात्रै उनीहरुले पद तथा गोपनियताको सपथ लिने छन् ।