न्युयोर्क(संयुक्त राज्य अमेरिका),२४ चैत्र । रिज्उड नेपाली समाजमा नयाँ कार्य समिति चयन भएको छ ।
न्युयोर्कमा रहेका नेपाली सस्था मध्ये पुरानो र सक्रिय सस्थाको रुपमा रिज्उड नेपाली समाजलाई लिने गरिन्छ ।
बैतडीका राजेश भट्टको अध्यक्षतामा चयन भएको नयाँ समितिको उपाध्यक्षमा भुवनेश्वर अधिकारी,सचिवमा दिपकराज काफ्ले र सहसचिवमा गोपिप्रसाद ढुङ्गना र कोषाध्यक्ष सोमनाथ अधिकारी रहनुभएको छ ।
समाजको सदस्यहरुमा मोहन प्रसाद गौतम, यादव प्रसाद बास्तोला, सुशिल भूसाल, हरिबहादुर केसी, लुलसीराम आचार्य र महिला सदस्यमा चन्द्रिका भण्डारी पौडेल रहनुभएको छ ।
समाजको कार्य समितिमा ११ जना निर्वाचित र चार जना मनोनय हुने व्यवस्था छ ।
यसपूर्व रविकिरण कोइरालाले दुई कार्यकाल सस्थाको नेतृत्व कुशलतापूर्वक सम्हाल्नुभएको थियो ।
सन् २००२ मा स्थापना भएको रिज्उड नेपाली समाजको कार्यकाल ३ बर्षे बनाईएको छ । पहिलो २ बर्षे थियो । रिज्उडमा ४ सय ५५ साधारण र १ सय ४३ आजीवन सदस्य रहेका छन् ।
वर्तमान कार्य समितिका अध्यक्ष भट्ट विगत १९ बर्षदेखि अमेरिका बस्दै आउनुभएको छ । उहाँ न्युयोर्क युनिभर्सिटीमा मेडिकल सेन्टरमा कार्यरत हुनुहुन्छ । उहाँ घरजग्गा व्यवसायमा पनि सक्रिय हुनुहुन्द्ध ।