Prakash Adhikari April 8, 2019

काठमाडौं, २५ चैत्र । नेपाली काङ्ग्रेसका केन्द्रीय विभागका संयोजकमा सहमति जुटाउन पार्टीका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित निवासमा बैठक गर्नुभएको छ ।

नेपाली कांग्रेसको विधान अनुसार पार्टीमा २८ वटा केन्द्रीय विभाग रहने व्यवस्था छ ।

तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् ।

चैत्र २३ गते शनिबारका बस्ने भनिएको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकको कार्यसूचीमा पनि विभाग र संसदीय बोर्ड, कार्यसम्पादन समिति गठनको विषय परेका थिए । तर शीर्ष नेताबीच सहमति नभएपछि बस्दै नबसी स्थगित गरिएको थियो ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको विभागका संयोजक तोक्न केन्द्रीय समिति बैठक बस्न पनि आवश्यक नभएको बताउँदै सभापतिले पार्टीमा सबै शीर्ष नेताहरुको सहमति कायम गरी बैठकमा प्रस्ताव लैजाने मनशायले सभपतिले बैठक बोलाउनुभएको बताउनुभयो ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सङ्ख्यामा सहमति भए पनि नामका बारेमा सहमति जुटेको थिएन् । आफूले सम्मानजनक भाग नपाएको जनाउदै नेता कृष्णप्रसाद सिटौला पहिलो बैठकमा उठेर हिड्नु भएको थियो ।

आजको बैठकमा पनि उहाँ उपस्थित हुनुुहुन्न ।

Share Now

Leave a comment.