Prakash Adhikari April 10, 2019

चेन्नई(तामिलनाडु),२६ चैत्र । भारतको चर्चित घरेलु लिग क्रिकेट प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग अन्तरगत मंगलबार राति भएको खेलमा तीन पटकको आईपीएल विजेता चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ।

सीएम चिदम्बरम् क्रिकेट मैदानमा भएको खेलमा टस जितेको चेन्नईले बलिड. रोजेपछि ब्याटिङ गरेको कोलकातालाई रन लिन निकै कठिन भयो ।

उसले ९ विकेटको क्षतिमा १ सय ८ रन बनायो र चेन्नईलाई १ सय ९ रनको लक्ष्य थियो।

चेन्नईले १.२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ११ रन बनाएर जित दर्ता गरेको थियो ।

Chennai Super Kings: 1 Faf du Plessis, 2 Shane Watson, 3 Suresh Raina, 4 Ambati Rayudu, 5 Kedar Jadhav, 6 MS Dhoni (capt & wk), 7 Ravindra Jadeja, 8 Scott Kuggeleijn, 9 Deepak Chahar, 10 Harbhajan Singh, 11 Imran Tahir

Kolkata Knight Riders: 1 Sunil Narine, 2 Chris Lynn, 3 Robin Uthappa, 4 Nitish Rana, 5 Shubman Gill, 6 Dinesh Karthik (capt & wk), 7 Andre Russell, 8 Piyush Chawla, 9 Kuldeep Yadav, 10 Harry Gurney, 11 Prasidh Krishna

मंगलबारको खेलमा कोलकोतालाई रन जोड्न निकै सकस भयो । पहिलो ओभरको अन्तिम बलमा उसका ओपनर क्रिस लिनलाई दीपक चहारले शून्य रनमा आउट गरे । दोस्रो ओभरको पाँचौ बलमा हरभजन सिंहले कोलकोताको सुनिल नारिनलाई ६ रनमा आउट गरे । तेस्रो ओभरमा चहारले नितिश रानालाई शून्य रनमा आउट गरे । त्यसपछि चहारको रोविन उथप्पालाई ११ रन बनाएर आउट गरे ।

त्यसपछि ब्याटिड. सम्हालेका कप्तान दिनेश कार्तिकले १९ रन बनाउदा उनी इमरान ताहिरका शिकार भए । ११ औं ओभरको पहिलो बलमा इमरानले नै शुभमान गिललाई ९ रनमा आउट गरे । १२ औं,तेह्रो,चौधौ र पन्ध्रौ ओभरमा जोगिएको कोलकोतालाई सोह्रो ओभरमा बलिड. गर्न आएका हरभजनसिंहले धरापमा पारे । उनले कुलदीप यादवलाई शून्य  रनमा र पियूष चावला  चावलालाई ८  रनमा बाहिर पठाए । सत्रौ ओभरमा रविन्द्र जदेजाले प्रसिद्ध कृष्णलाई  शून्य  रनमा आउट गरे ।

त्यसपछि भने नवौं ओभरदेखि निरन्तर ब्याटिड.मा रहेका आन्द्रे रसेल र ह्यारी गुर्नेलले पारी सम्हाले । गुर्नेले १ रन थपे । रसेलले अविजित ५० रनको योगदान दिएर टीमलाई १०८ को स्थितिमा पुर्याए ।

रसेल,केडी कार्तिक र उथप्पाका अलावा कोलकाताका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। रसेलको अर्धशतकमा कोलकाता सय रनमाथि पुगेको थियो। क्रिस लिन, नीतीश राणा, कुलदीप यादव तथा प्रसिद्ध कृष्णा खाता नखोली नै पेभेलियन फर्किएका थिए ।

चेन्नईका लागि दीपक चहरले ३ तथा हरभजन सिंह तथा इमरान ताहिरले समान २ ।२ र रविन्द्र जडेजाले १ विकेट लिएका थिए।

त्यसपछि १ सय ९ रनको सहज लक्ष्य पछ्याउन ब्याटिङमा आएको चेन्नईलाई शेन वाटसनले तीब्र सुरूवात दिए। उनले ९ बलमा १७ हाने। फाफ डु प्लेसिसले नटआउट ४३ र अंबाती रायडुले २१, एसके रैना १४ र केएम जाधवले ८ रनको योगदान दिए । रायडु टोलीको ८१ रन स्कोरमा आउट भएपछि प्लेसिस र केदार जाधवले टोलीलाई जित दिलाए।

सुनील नरेनले वाटसन तथा सुरेश रैनालाई र पियूष चावलाले अम्बाती रायडूलाई आउट गरेर कोलकातालाई केहि आशा जगाए । पनि अन्य बलरहरूले विकेट निकाल्न सकेनन्।

१२ औं संस्करणको आईपीएलमा चेन्नईको छैठौ खेलमा पाँचौ जित हो। जितसँगै ऊ लिगको शीर्ष स्थानमा पुगेको छ। यस्तै चार म्याच जितेको कोलकाताको दिल्लीपछि चेन्नईसंग दोश्रो हार खेप्दै अंक तालिकाको दोस्रो स्थान सुरक्षित गरेको छ ।

Share Now

Leave a comment.