Prakash Adhikari April 11, 2019

काठमाडौं,२७ चैत । नेपाल धितोपत्र बोर्डले धितोपत्र सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्ता आवेदन दिन पाउने व्यवस्था लागू भएको छ । नेपाल धितोपत्र बोर्डले यस अघिको न्यूनतम ५० कित्ता आवेदन गर्ने व्यवस्थालाई परिवर्तन गरी न्यूनतम १० कित्ताको व्यवस्था लागू गरेको हो ।

यस व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धीत सबै निष्कासन तथा बिक्रि प्रबन्धक मर्चेण्ट बैंकरहरुलाई परिपत्र समेत गरिसकिएको बोर्डले बुधबार सुचना जारी गरि प्रष्ट पारेको छ ।

सबै आवेदकले १० कित्ता शेयर पाउने समावेशी वितरण प्रणाली र आस्वा व्यवस्था २०७३ साल देखि लागू भए पश्चात देशभरमा आम लगानीकर्ताको सहभागीता बढ्दै गएको छ ।

बोर्डले विद्यार्थी तथा स-साना पूँजी भएका वर्गको पूँजीबजारमा पहुँच बढाउन र यस वर्षको एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाउन यो व्यवस्था लागू गरेको जानकारी दिएको छ । यस व्यवस्थाले पूँजीबजारको विकास र विस्तारमा थप टेवा पुग्ने बोर्डको विश्वास छ ।

Share Now

Leave a comment.