Prakash Adhikari April 12, 2019

इडेन गार्डेन(कोलकोता,भारत),२९ चैत्र । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले आज आफ्नो सातौं खेल कोलकोता नाइट राइडर्ससंग खेल्दैछ । तर दिल्लीले आजको खेलमा सन्दीपलाई मौका दिएन, आराम गर्न दियो ।

कोलकोताको घरेलु मैदान इडेन गार्डेनमा हुने खेलमा दिल्लीले टस जितेर बलिड. रोजेको छ ।

 

Delhi Capitals: Prithvi Shaw, Shikhar Dhawan, Shreyas Iyer (c), Rishabh Pant (wk), Colin Ingram, Chris Morris, Axar Patel, Keemo Paul, Rahul Tewatia, Kagiso Rabada, Ishant Sharma

Kolkata Knight Riders: Joe Denly, Robbie Uthappa, Carlos Brathwaite, Shubman Gill, Nitish Rana, Dinesh Karthik (c & wk), Andre Russell, Kuldeep Yadav, Piyush Chawla, Lockie Ferguson, Prasidh Krishna

क्रिकेटमा टस जित्नुपनि भाग्यको बलियो आधार मानिन्छ । आफ्ना खेलाडीको जुन पक्ष सबल छ, क्याप्टेनले त्यही रोज्छन् । यस अर्थमा बलिड. रोजेर दिल्लीले सुरक्षित मार्ग अपनाएको छ ।

आईपीएलको चाल १२ औं संस्करणमा सबैका लागि कोलकोता नाईट राइडर्सका आन्द्रे रसेल हाउगुजी बनेका छन् ।

कोलकोता खेल्ने हरेक खेलमा प्रतिस्पर्धीहरु उनले हान्ने छक्का र चौकासंग तर्सने गरेका छन् ।

उनको उपस्थितिले खेलले नयाँ मोड लिने गरेको पनि छ ।

Share Now

Leave a comment.