क्वालालम्पुर(मलेशिया),२ बैशाख । आइसीसी यू–१९ विश्वकपका लागि भइरहेको एशिया छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ।
निर्धारित ५० ओभरको खेलमा मलेशियाले दिएको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १३ ओभरमा नै पूरा गरेको हो ।
यस अगाडि वायुमास ओभल मैदानमा टस हारेर ब्याटिड.को निम्तो पाएको मलेशियाले ३३ औं ओभरको पाँचौ बलमा सबै विकेट गुमाउदै ९२ रन बनाएको थियो ।
जितको लागि ९३ रनको चुनौति पछ्याएको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनायो।
नेपाललाई विजयी गराउन रित गौतमले ३९,आसिफ शेख २६,पवन सर्राफले १९ र कप्तान रोहित पौडेलले ६ रनको योगदान दिए ।
मलेसियाका लागि इज्जत डानियल पिक्री ३७, मोहम्मद आमीर १३, हाकिम ह्यारिसनले १० रन जोडे अरुले दोहोरो अंक छुन सकेनन ।
मलेसियालाई सस्तैमा समेटन कुशल मल्ल र पवन सर्राफले समान ३–३ विकेट लिए भने कमलसिंह ऐरीले २ र सागर ढकालले एक विकेट लिए।
पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाल दोस्रो खेलमा वर्षाका कारण युएइसँग १ रनले पराजित भएको थियो।
सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने वर्षाले डीएलको सिकार भएको थियो।
आजै भएको अरु दुई खेलमा कुवेतलाई युएइले ७ विकेटले पराजित गरिसकेको छ । ओमान र सिंगापुरबीच खेल जारी छ ।
युएर्इ र ओमानको खेलमा युएई पराजित भएको खण्डमा नेपालको संभावना खुल्ने छ।I
हालसम्मको अंक तालिकामा युएई खेलिएका तीनवटै खेल जितेर ६ अंकसहित शीर्षमा रहेको छ भने नेपाल ४ अंकसहित दोस्रो र कुवेत ४ अंक सहित तेस्रो स्थानमा छ । ओमान २ अंक सहित चौथो स्थानमा छ । सिंगापुरसंग भैरहेको खेल ओमानको पक्षमा जाने संभावना भएकोले ऊ पनि तेस्रो खेलमा ४ अंक जोड्न सफल हुनेछ ।
ICC Asia Under-19s World Cup Qualifier
TEAM | M | W | L | PT | NRR |
---|---|---|---|---|---|
UAE19 | 3 | 3 | 0 | 6 | 1.598 |
NEP19 | 3 | 2 | 1 | 4 | 3.209 |
Kuw19 | 3 | 2 | 1 | 4 | 0.416 |
Omn19 | 2 | 1 | 1 | 2 | -1.198 |
MAL19 | 3 | 0 | 3 | 0 | -2.039 |
SIN19 | 2 | 0 | 2 | 0 | -3.594 |
मलेशिया र सिंगापुरले अहिलेसम्म कुनै खेल जितेका छैनन् तर ती दुईबीच हुने खेलमा भने एकको जित अवश्य हुनेछ ।