Prakash Adhikari April 15, 2019

 

काठमाडौं, २ बैशाख । ३० मे देखि जुलाई १४ सम्म इंग्ल्याण्ड र वेल्समा खेलिने एक दिवसीय विश्व कप क्रिकेटका लागि भारत, अष्ट्रेलिया र न्युजिल्याण्डको टोली घोषणा गरिएको छ ।

सोमबार भारतले १५ दिनपछि सुरु हुने विश्वकप खेल्ने आफ्ना खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।

विराट कोहलीको कप्तानीमा रहने भारतीय टोलीमा १५ जना रहेका छन् । भारतीय टोलीमा रोहित शर्मा, शिखर धवन, केएल राहुल, केदार जाधव, एमएस धोनी, दिनेश कार्तिक, विजय शंकर, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, कुलदीप यादव, युज्भेन्द्र चहल, भुवनेश्वर कुमार, मोहम्मद शामी र जसप्रित बुम्राह रहेका छन्।

 

संभावित सूचीमा रहेका ऋषभ पन्त र अम्बाती रायडूले टीममा स्थान बनाउन सकेनन । उनीहरुको स्थान दिनेश कार्तिक र विजय शंकरले लिए ।

पछिल्लो पटक सन् २०११ मा घरेलु जमिनमा विश्वकप ट्रफी जितेको भारतलाई यस संस्करण मुख्य दाबेदारका रुपमा हेरिएको छ। विश्वकप अन्तर्गत भारतले आफ्नो पहिलो खेल जुन ५ मा दक्षिण अफ्रिकाबिरुद्ध खेल्नेछ।

अष्ट्रेलियाबाट को को परे ?

साबिक बिजेता अष्ट्रेलियाले विश्वकप खेल्ने १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीमा स्टिभ स्मिथ र डेभिड वार्नरले पुनरागमन गरेका छन्।

पछिल्लो बर्ष दक्षिण अफ्रिका बिरुद्धको टेस्टका क्रममा बल टेम्परिंग गरेको आरोपमा स्मिथ र वार्नरलाई अष्ट्रेलियन क्रिकेट बोर्डले एक बर्षको प्रतिबन्ध लगाएको थियो।

Australian Squad

अघिल्लो महिना प्रतिबन्धको समय सकिएपछी दुबै खेलाडी यतिबेला इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट खेलिरहेका छन्।

अष्ट्रेलियाको कप्तानी सम्हालेका स्टिभ स्मिथको टोलीमा पुनरागमन भएपनि विश्वकपमा अष्ट्रेलियाको कप्तानी भने एरन फिंचले सम्हाल्ने छन्। सोमबार बिहान घोषित अष्ट्रेलियन टोलीमा कप्तान फिंचसंगै जेसन बेरेनड्रफ, एलेक्स केरी, नेथन कुल्टर नाइल, प्याट कमिन्स, उश्मान ख्वाजा, नेथन लायन, शन मार्श, ग्लेन म्याक्स्वेल, झाए रिचार्डसन्, स्टिभ स्मिथ, मिचल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा रहेका छन्।

विगतमा अष्ट्रेलियन टोलीमा रहँदै आएका पिटर ह्यान्ड्सकम्ब, मिचल मार्श, जस् हेजलवुड, केन रिचार्डसनले विश्वकप खेल्ने १५ सदस्यीय टोलीमा स्थान बनाउन सकेनन्। यस्तै भारत बिरुद्धको एक दिवसीय खेलमा सानदार प्रदर्शन गरेका एष्टन टर्नर र ओपनिंग बिकल्पका रुपमा रहेका डार्सी शर्ट समेत टोलीमा ट्न सकेनन्।

अष्ट्रेलियाले आफ्नो पहिलो खेल जुन १ मा अफगानिस्तान बिरुद्ध खेल्ने छ।

कस्तो छ न्युजिल्याण्डको टोली ?

न्युजिल्याण्ड केही दिन पहिले नै विश्वकप खेल्ने टोलीको घोषणा गरिसकेको छ । उसको टोलीमा कप्तान केन विलियम्सनसंगै, टोम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, ल्युक फर्गुसन, मार्टिन गप्तिल, म्याट हेनरी, टोम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी र रोस टेलर रहेका छन्।

न्युजिल्यान्डले विश्वकप अन्तर्गत आफ्नो पहिलो खेल जुन १ तारिखमा श्रीलंका बिरुद्द खेल्नेछ।

यस्तो छ खेल तालिका :

 

Share Now

Leave a comment.