Prakash Adhikari April 18, 2019

काठमाडौं, ५ बैशाख । यही अप्रिल ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि श्रीलंका, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश अफगानिस्तान र पाकिस्तानले १५ । १५ सदस्यीय टोली घोषणा गरेका छन् ।

श्रीलंकाको १५ सदस्यीय टोली

श्रीलंकाले दिमुथ करुणारत्नेलाई कप्तानको जिम्मेवारी गर्दै १५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टोलीमा दिनेश चाण्डीमल,अलिका धनन्जय,उपल थरंगा, निरोशन डिक्ववेलाले स्थान बनाउन सकेनन् ।

श्रीलंकाको पछिल्लो दुई वर्षमा खस्कदो प्रर्दशन गर्दै आएको छ । विश्वकपमा श्रीलंकाले जुन १ मा न्युजिल्यान्डसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ । वान डे विश्वकप श्रीलंकाले सन् १९९६ मा जितेको थियो ।

दिमुथ करुणारत्नेको कप्तानीमा रहने श्रीलंकन टीममा एंजेलो मैथ्यूज,लाथिस मलिङ्गाकुशल परेरा, ला हिरू तिरिमन्ने, अविष्का फर्नांडो, कुशल मेन्डिस, धनन्जय डी शिल्भा, जेफ्री वान्डरसे, तिसेरा परेरा, इसुरु उडना, सुरुङ्गा लकमल,नुवान प्रदिप, जीवन मेन्डिस, मिलिंडा सिरिवर्दना रहेका छन् ।

अफ्रिकी टीममा को को ?

आइसीसी विश्वकपका लागि दक्षिण अफ्रिकाले १५ खेलाडीको टिम घोषणा गरेको छ । जसमा हसिम अमलाले स्थान बनाएका छन ।

दक्षिण अफ्रिकी क्रिकेट बोर्डले सार्वजनिक गरेको खेलाडीको सूचीमा अमलासँगै क्विन डी कक, कागिसो रावाडाले पनि स्थान बनाएका छन । फा डुप्लिसिसको कप्तानीमा रहेको टिममा एडीन मार्करम, क्विन डी कक, हसिम अमला, रासी भान डेर डुसेन, डेविड मिलर, एन्ड्ील, जेपी डुमिनी, ड्वाने प्रिटोरिउस, डेल स्टेन, कागिसो राबाडा, लुंगी नेगिडी, एनरिच नार्टीज, इमरान ताहिर र ताब्रेज साम्सी रहेका छन ।

इंग्ल्याण्डबाट को को ?


घरेलु मैदानमा हुने विश्वकप क्रिकेटका लागि इंग्ल्याण्ड टिमको घोषणा भएको छ ।

इयान मोर्गनले नेतृत्व गर्ने १५ सदस्यीय टीममा मोयन अली, जोनी ब्रेस्ट्रो, जोस बटलर, टोम कुरान, जोय डेन्ली, एलेक्स हल्स, लाम पुल्कीट, आदिल रासिद, जोय रुट, जसोन रोय, बेन स्टोक, डेविड वेली, क्रिस वस्क र मार्क उड रहेका छन ।

यसअघि वेष्ट इन्डिज विरुद्धको सिरीजमा वेली टिममा रहेपनि उनले खेलेका थिएनन् । तर पनि उनि माथि बोर्डले भरोसा गर्दै टिममा राखेको छ । यस्तै जोय डेन्लीलाई पनि बोर्डले भरोसा गरेर टिममा राखेको छ । राष्ट्रिय टिमका एकमात्र लेग स्पिनर आदिल रासिदलाई पनि मौका दिएको छ ।

इंग्ल्याण्डले राजस्थान रोयल्सबाट आइपीएल खेलिरहेका बलर जोफ्रा आर्चेरलाई समावेश गरेको छैन ।

मर्सफी मुर्तजाले बंगलादेशको नेतृत्व सम्हाल्ने

विश्वकपका लागि बंगलादेशले टिमको घोषणा गरेको छ ।

Bamgladeshi Squad World cup 2019को लागि तस्बिर परिणाम

मर्सफी मुर्तजाले कप्तानको जिम्मेवारी सम्हालेको टीममा तमीम इक्वाल, सौम्य सरकार, लिटोन दाश, मोहम्मद मिथुन, मुस्फिकुर रहिम, सब्बीर रहमान, मोसादिक हुसेन, सकिव अल हुसेन, महमुदुल्लाह, मेहीदी हसन मिराज, मोहम्मद सैफुदिन, अबु जायद, मुस्ताफिजुर रहमान र रुवेल हुसने समाविष्ट छन् ।

विश्वकपका लागि छनोट गरिएका १५ खेलाडीको सूचीमा एकदिवसीय क्रिकेटमा डेब्यु गर्न बाँकि रहेको खेलाडी अबु जायदलाई मौका दिइएको छ । न्यूजिल्याण्डविरुद्धको टेष्ट सिरिजमा राम्रो प्रदर्शन गरेका कारण उनलाई यसपटकको विश्वकप टिममा मौका दिइएको हो ।

यस्तै मोसादिक होसेनले पनि टिममा कमब्याक गरेका छन । उनले अन्तिम पटक २०१८ को एशिया कप खेलेका थिए ।

बंगलादेशले अघिल्लो विश्वकपमा भन्दा यसपटक टिममा निकै परिवर्तन गरेको छ ।

अफगानिस्तानको टीम

अफगानिस्तानलेविश्वकपको संघारमा तीन फरक अन्तराष्टिय खेलको नेतृत्व गर्ने जिम्मा फरक फरक खेलाडीलाई दिदै विश्वकप टीको घोषणा गरेको थियो । अफगानिस्तान क्रिकेट बोर्डले एकदिवसीय टीमको नेतृत्वको अभिभारा गुल्बुद्धिन नइबलाई दिएको छ। त्यस्तै टि२० क्रिकेटको जिम्मेवारी युवा खेलाडी राशिद खान र टेस्ट क्रिकेटको जिम्मेवारी रहमत शाहले पाएका छन्।


यस्तै राशिद खान, शफिकउल्लाह शफिक र हजमतुल्लाह शाहिदीले क्रमश: एकदिवसीय, टि२० र टेस्ट क्रिकेटमा उपकप्तानको जिम्मेवारी पाएका छन्।

स्टानिक्जाइले सन् २०१५ को अप्रिलमा कप्तानीको जिम्मेवारी पाएका थिए । उनैको कप्तानीमा अफगानिस्तानले ३१ एकदिवसीय खेलमा जित निकालेको छ भने ३७ टि २० खेलमा समेत जितको स्वाद चाखेको छ। साथै ऐतिहासिक पहिलो टेस्ट जितमा पनि उनी नै कप्तान थिए।

गुल्बुद्धिन नइबको कप्तानीमा रहेको अफगानिस्तानी टीको उपकप्तान राशिद खान रहने छन टीमका अन्य सदस्यहरुमा मोहम्मद शेहजाद, नुर अलि ज़द्रान, हज्रतुल्लाह जजाई, उस्मान घानी, अशघर अफगान, हाश्मतुल्लाह जजाई, रहमत शाह, मोहम्मद नाबी, नजिब जद्रान, , डर्विस रसुली, मुजीब उर्(रहमान, शफिकउल्लाह शफिक, दवलत जद्रान, अफताब आलम, शापूर जद्रान, हमिद हसन, क्रिम जन्नत, कोएसिस अहमद, शराफुद्दीन अशरफ, शायद सिर्जाद र शमिउल्लाह सिनवारी रहेका छन् ।

अफगानिस्तानले जुन १ मा अष्ट्रेलियाको सामना गर्दै विश्वकपको सुरुवात गर्नेछ।

पाकिस्तानबाट को को खेल्दैछन् ?

पाकिस्तानले यसपटक सर्फराज अहमदको नेतृत्वमा विश्व कप खेल्दैछ । पाकिस्तानको टीममा फकर उ जमान, इमाम उल हक, बाबर आजम, शोएब मल्लिक, मोहम्मद हाफिज, हरिश सोहेल, फहिम असर्फ,शादव खान,मोहम्मद नवाज,मोहम्मद आमीर, हसन अली, आमीर यामिन, रुम्मन रईस, मोहम्मद अब्बास, यासिर साह र शाहियान अफ्रिदीले प्रतिनिधित्व गरेका छन् ।

 

भारत, न्यूजिल्याण्ड र अफगानिस्तानको टीमको बारेमा तलको लिंकमा हेर्नुहोला :

भारत,अष्ट्रेलिया र न्युजिल्याण्डबाट क्रिकेटको विश्वकप खेल्ने टीमका सदस्यहरुको नाम सार्वजनिक

Share Now

Leave a comment.