Prakash Adhikari April 20, 2019

काठमाडौं, ६ बैशाख । मेगा बैंक नेपालको पूर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केटस् औपचारिक शुरु भएको छ ।

काठमाडौंमा शुक्रबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा उक्त नयाँ मर्चेन्ट बैंकको उदेघाटन गर्नुभएको थियो ।

मेगा क्यापिटल मार्केटसलाई गत चैत १८ गते मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो ।

क्यापिटलको अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैँया रहेको छ ।

मेगा बैंक नेपाल प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले मेगा बैंकका देशभर छरिएका १ सय २ शाखाबाट मेगा क्यापिटलको सेवाहरु उपलब्ध गराउने बताउनुुभयो ।

अब मेगा बैंकबाटै पूँजीबजारसँग सम्बन्धित डिम्याट खाता संचालन, निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा लगायतका सेवा ग्राहकले पाउने उहाँले बताउनुभयो ।

मेगा क्यापिटलले मर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गर्ने छ ।

Share Now

Leave a comment.