काठमाडौं,१८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण एक दिन छोट्याएर बुधबार स्वेदश फर्कनुभएको छ ।
उहाँ बिहिबार स्वदेश फर्कने कार्यक्रम निर्धारित थियो ।
चीन भ्रमणको क्रममा मंगलबार तिब्बत आइपुगेपछि उहाँलाई हाईअल्टिच्यूड लाग्यो ।
उहाँ तिब्बत भ्रमणको कार्यक्रम एक दिन छोट्याएर नेपाल फर्कनुभयो ।
उहाँलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले स्वागत गर्नुभएको थियो ।


















