Prakash Adhikari January 2, 2018

सातदोबाटो(ललितपुर), १८ पौष ।राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप अन्तरगतको १६ औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा मंगलबार नेपाल पुलिस क्लब र मध्यमाञ्चल विजयी बनेका छन् ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा पुलिसले सुदूरपश्चिम क्षेत्रीय टिमलाई २–१ ले पराजित गर्यो । नेपाल पुलिसको टीमबाट निरु थापा र निर्मला उपाध्यायले एक–एक गोल गरेका थिए ।

सुदुरपश्चिमको टीमबाट चन्द्रा भण्डारीले मात्र एक गोल फर्काएकी थिइन ।

मंगलबार नै भएको दोस्रो खेलमा मध्यमाञ्चल क्षेत्रीय टीमले ले पूर्वाञ्चल क्षेत्रीय टीमलाई ४–० ले हरायो । मध्यमाञ्चलका लागि रश्मी कुमारी घिसिङले दुई गोल गरिन् भने कप्तान मेनुका नगरकोटी र सबिना राना मगरले एक–एक गोल गरेका थिए ।

प्रतियोगिताअन्तरगत बुधबारको खेलमा त्रिभुवन आर्मी क्लबले मध्यपश्चिमाञ्चलको सामना गर्नेछ भने एपीएफले पश्चिमाञ्चलसँग भिड्ने छ ।

सशस्त्र र नेपाली सेनाको शानदार विजय

१६ औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सोमबार सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल आर्मीले शानदार जित हात पारेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा एपीएफले मध्यपश्चिमाञ्चललाई २६–० ले पराजित गरेको थियो । एपीएफको जितमा साबित्रा भण्डारी एक्लैले १२ गोल गरेकी थिइन । खेलमा अनिता केसी र अन्जली योन्जनले क्रमश ५ र ४ गोल गरेका थिए। एएफपीकै रेखा पौडेलले २ गोल गरिन भने अनिता बस्नेतले १ गोल गरिन् ।

सोमबार नै सम्पन्न दोस्रो खेलमा नेपाली सेनाले पश्चिमाञ्चललाई १२–० को फराकिलो अन्तरले हरायो । आर्मीको जितमा दिपा राईले ५ गोल गरिन् भने कप्तान कृष्णा खत्रीले ३ गोल गरिन । खेलमा इन्दिरा राईले २ तथा पूजा राना र शर्मिला थापाले एक–एक गोल गरेका थिए।

Share Now

Leave a comment.