Prakash Adhikari May 16, 2019

काठमाडौं, २ जेठ । सरकारमा सामेल नवघोषित समाजवादी पार्टी(पूर्व संघीय समाजवादी फोरम) र राष्ट्रिय जनता पार्टीका अर्का एक जना सांसद स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी बन्न युरोप पुगेपछि प्रधानमन्त्री के.पी. शर्मा ओलीको सरकारलाई अर्को आपत थपिएको छ ।

निकट छिमेकी मित्र राष्ट मध्ये भारतको शंसयको घेरामा पहिल्यैदेखि पर्नुभएका प्रधानमन्त्री ओलीलाई यस घट्नापछि चीनले पनि संदेहको दृष्टिले हेर्न थालेको छ ।

नवघोषित समाजवादी पार्टी नेपालका प्रदीप यादव र राष्ट्रिय जनता पार्टी नेपालका अकवाल मियाँ स्वतन्त्र तिब्बत समर्थक विधायकहरुको कार्यक्रममा सहभागी हुन युुुरोपेली मुलुक लाटभिया  पुग्नुभएको सूचना चिनिया राजदूतले नै दिए पनि सरकारले रातारात आफू एक चीन नीतिप्रति प्रतिबद्ध रहेको प्रेस विज्ञप्ति निकालेको थियो ।

Press Release

Serious attention of the Government of Nepal has drawn to the media report of two Members of Parliament attending Tibet related event in Latvia recently. The Government of Nepal is not aware of such participation. Nepal firmly stands on its one China policy and does not allow any activity contrary to it in its soil.

Ministry of Foreign Affairs
Kathmandu
14 May 2019

वैशाख २४ देखि २७ गतेसम्म लात्भियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको भेलामा नेपालको प्रतिनिधि सभाका दुई सांसदहरू सहभागीता भएको हो ।

सरकारको विज्ञप्ति आएपछि सरकारको उपप्रधान तथा स्वास्थ्य मन्त्री रहनुभएका समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उहाँहरु पार्टीको जानकारी बेगर गएको र उहाँका अभिब्यक्तिले पार्टीको आधिकारिक धारणाको प्रतिनिधित्व नगर्ने बताउनु भएको छ ।

Venezuala

त्यस्तै कार्यक्रममा सहभागी बन्न रिगा पुग्नुभएका सांसद यादवले आफूहरु झुक्किएर पुगेको बताउदै भन्नुभएको छ ,मियाँजीको साथीले इन्टरनेसनल पार्लियमेन्टेरियन प्रोग्रामसँग सम्बन्धित कार्यक्रम छ भन्नुभएछ। मलाई मियाँले युरोप जाने प्रस्ताव गर्नुभयो । ‘युरोप घुमौं न त भनेर गएको तर त्यहाँ पुगेपछिमात्र कार्यक्रमबारे थाहा भयो।’

सांसद यादवले कार्यक्रमको उद्घाटन सत्रमा सहभागी भए पनि आफूहरूले कुनै धारणा नराखेको र स्टेटेमेन्टमा हस्ताक्षर नगरेको दावी गर्दै स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रम भएको विस्तृत जानकारी पाउनासाथ सम्मेलनस्थलबाट बाहिएर आफ्नै खर्चमा स्वदेश फर्केको पनि उहाँले दावी गर्नुभएको छ ।

उहाँले नेपालको परराष्ट्र नीति र कानुनविपरितका कुनै गतिविधिमा सहभागी नभएको जिकिर गर्नुभएको छ।

उहाँले कार्यक्रममा सम्मेलनस्थलमा स्टेमेन्टमा हस्ताक्षर गराउने र मञ्चमा लैजाने प्रयास भए पनि त्यसलाई इन्कार गरेको दाबी गर्नुभएको छ।

‘न हामीले केही हस्ताक्षर गर्‍यौं, न स्टेन्मेन्ट दियौु’, यादवले भन्नुभयो, ‘कार्यक्रमबाट भागेको भनेको चीनको सम्मान हो। देशको परराष्ट्र नीतिको पक्षमा हो।’

लात्भिया गएको विषयमा सभामुख कृष्णबहादुर महराले मंगलबार राजपाका सांसद अकबाल मियाँलाई बोलाएर सोधनी गर्नुभएको थियो ।

दुवै सांसदहरुले लात्भियाको भिसा लागि संघीय संसद सचिवालयको सिफारिस भने लिएका थिए ।

Share Now

Leave a comment.