मुम्बई(भारत),११ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्रले रिलिजको पहिलो दिनमा २ करोडको आर्जन गरेको छ ।
भारतको १७ औं लोकसभामा अत्यधिक मतले आफू र आफ्नो पार्टी भारतीय जनता पार्टीलाई विजयी बनाएका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित यो चलचित्रको व्यापार चुनाको नतिजाका कारण पनि बढ्न सक्ने आँकलन भारतीय चलचित्र समीक्षकहरुले गरेका छन ।
उमङ कुमार निर्देशित चलचित्रमा विवेक ओवरायले प्रधानमन्त्री मोदीको भूमिकामा अभिनय गरेका छन । चलचित्रलाई निर्वाचन अघि नै रिलिज गर्ने भनिए पनि निर्वाचनलाई असर गर्ने भनेर विपक्षी दलहरुले चर्को विरोध जनाएपछि चलचित्र प्रदर्शनको मितिलाई सारिएको थियो ।
लामो समयसम्म चलचित्रबाट हराएका विवेकको यो चलचित्रले कस्तो कमाई गर्छ, त्यो भने हेर्न केही दिन कुर्नै पर्दछ ।