Prakash Adhikari May 27, 2019

 

काठमाडौं, जेठ १३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा भाग लिन प्रधानमनत्री के.पी.शर्मा ओलीलाई औपचारिक निमन्त्रणा आएको छ ।

मे ३० मा प्रधानमन्त्री मोदीले दोश्रोपटक भारतीय प्रधानमन्त्रीको रुपमा सपथ लिँदैहुनुहुन्छ । सो समारोहमा भाग लिन नेपाल लगायतका विमस्टेक सदस्य राष्टहरुलाई निमन्त्रणा गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।

यसअघि सार्क अध्यक्ष लगायत सदस्य राष्टका प्रमुखहरुलाई सपथ समारोहमा निमन्त्रणा गर्ने चलन थियो । तर यो पटक भने विमस्टेक सदस्य राष्टका प्रमुखहरुलाई निमन्त्रणा गरिएको हो । सपथ समारोहका लागि निम्तो आएपछि प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाने तयारीमा लाग्नुभएको छ ।

यद्यपि, भ्रमणको बारेमा औपचारिक कुरा बाहिर आएको छैन ।

सन् २०१४ मा प्रधानमन्त्री मोदीले सपथ लिँदा सार्क अध्यक्ष राष्टको रुपमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ लगायतका नेपालका प्रधानमन्त्री सुशील कोइराला र सार्क सदस्य राष्टका प्रमुखहरु उपस्थित रहेका थिए ।
नेपालको अध्यक्षतामा १८ औं सार्क शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएपनि भारत र पाकिस्तानबीच देखिएको बढ्दो तनावका कारण १९ औं सार्क शिखर सम्मेलन हुन सकेको छैन ।

१९ औं सार्क शिखर सम्मेलन पाकिस्तानको राजधानी इश्लामावादमा हुने भनिए पनि भारतले अस्वीकार गरेपछि स्थगित भएको थियो । पाकिस्तानसंगको तनावकै बीचमा निर्वाचन जित्नुभएका मोदीले पाकिस्तानको सहभागितालाई छेक्न सार्कको सट्टा बिमस्टेकका सरकारप्रमुखहरुलाई सपथग्रहणमा बोलाउने निर्णय गर्नुभएको बताइन्छ ।

Share Now

Leave a comment.