Prakash Adhikari May 28, 2019

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान संयुक्त सरकार उसैले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीलाई देखाएर संविधान सभाले बनाएको संविधान फेर्ने खतरनाक मार्गमा लागेको दावी गर्नुभएको छ ।

नेपाल प्रेस युनियनको २८औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री डा. कोइरालाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपालाई देखाएर संविधान फेर्ने खतरा देखा परेको बताउनुभएको हो । नेकपा नेतृत्वको सरकारले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाने खतरा देखिएको उहाँले बताउनुभयो । उहाँले विप्लवलाई ‘वार्तामा ल्याएर उनीसंग संझौता गरि संविधान संशोधन गरेर संसदीय प्रणाली नै हटाउने खतरा बताउनुभयो।

Image may contain: one or more people and indoor

डा.कोइरालाको कथनलाई प्रचण्डले हिजो बिराटनगरमा दिएको अभिव्यक्तिले पनि पुष्टि गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संयुक्त अध्यक्ष रहनुभएको प्रचण्डले विप्लबसंग वार्ताको प्रयास भैरहेको संकेत गर्नुभएको थियो । उहाँले विप्लवका कार्यकताहरुले फैलाएको आतंक र सरकारले उनीहरुलाई गरेको निषेधले वार्ता परिस्थिति जन्मिने संभावना औल्याउनुभएको थियो ।

‘कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले भने संसदमा दुईतिहाईको संख्यामा रहेका कम्युनिष्टहरुको अग्रसरतामा संविधान संशोधन गर्ने प्रयास भयो भने संविधानमा रहेका प्रजातान्त्रिक धाराहरु विस्थापित हुन सक्ने र संसदीय व्यवस्था नै खतरामा पर्ने बताउनुभएको छ ।

कर्यक्रममा कांग्रेसका नेता एवम् पूर्वमन्त्री मिनेन्द्र रिजालले सुरुदेखि नै राष्ट्रपतीय प्रणालीको वकालत गर्नुभएका प्रचण्ड नेकपाको अध्यक्ष रहनुभएको र विप्लवलाई देखाएर उनीसंगको वार्ता र संझौताको नाममा वर्तमान संविधानको संरचना नै ध्वस्त हुन सक्ने पनि बताउनु भयो । उहाँले भारतको निर्वाचन परिणामबाट कम्युनिष्टहरु पनि चिन्तित हुनुपर्ने बताउदै भन्नुभयो, भारतमा धेरै सल्बलाएको थियो सकियो यता पनि सकिन्छ ।

कर्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सैन्य सामाथ्र्य र आतंकपूर्ण गतिविधिको संसदमा प्रशंसा गर्नुृभएको गृहमन्त्री रामबहादुर थापा बादललाई सरकारका गृहमन्त्रीको अभिव्यक्ति उसैले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको पार्टीको प्रवक्ताको जस्तो भएको आरोप लगाउनुभयो ।

उहाँले सरकार निरंकुशतातिर बढेकोले कांग्रेसले त्यसलाई रोक्ने बताउनुभयो । प्रेसमाथिको नियन्त्रण,मानवअधिकार आयोगको स्वायत्ततामाथि अतिक्रमण र नेपाली सेनाका प्रधान सेनापतिलाई बाहेक गरेर सेना प्रयोग गर्ने सरकारको नियत अधिनायकवाद उन्मुख रहेको बताउनुभयो।

कर्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादललाई राजीनामा दिन सुझाव दिनुभयो ।

‘उहाँले नेकपाको सरकारले एकै बर्षमा लोकतान्त्रिक संरचनाहरुलाई प्रभावहिन तुल्याउन चारैतिरबाट षड्यन्त्र को उल्लेख गर्दै भन्नुभयो, राजा ज्ञानेन्द्रलाई ठेगान लगायौं’ अब राजा बन्न खोज्नेलाई रोक्ने तागत पनि हामीसँग छ ।’

युवा नेता थापाले महाधिवेशन गरेर नयाँ संविधानसंग तादात्म रहनेगरी कांग्रेसलाई व्यवस्थापन गर्नुपर्ने बताउदै भन्नुभयो, नयाँ संविधान कांग्रेसकै नेतृत्वमा बनायौँ’, तर कांग्रेसको पार्टी संरचना नयाँ संविधान र संघीयता अनुकूल भएको छैन । अहिले अधिवेशन गरेर संविधानअनुसार कांग्रेसलाई ढाल्ने बेला जागरण अभियान चलाउनु ठीक होइन ।’

Share Now

Leave a comment.