Prakash Adhikari June 7, 2019

 

लण्डन(संयुक्त अधिराज्य),२३ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई पराजित गरेको छ ।

पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २ सय ७३ रनमा समेटियो ।

यस अघि अस्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो भने वेस्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले नै पराजित गरेको थियो।

Image result for west indies vs aus
अस्ट्रेलियाले दिएको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज ओपनर क्रिस गेल २१ तथा इभिन लुइस १ रनमा आउट भए। तेश्रो विकेटको लागि शाही होप र निकोलस पुरनले ६८ रनको साझेदारी गरे। पुरन ४० रन बनाएर आउट भएपछि होपले शिमरन हेटमायरसंग ५० रनको साझेदारी गरे। हेटमायर २१ रन बनाएर आउट भए लगत्तै होप पनि ६८ रन बनाएर आउट भए।

११ बलमा २ चौका र १ छक्का प्रहार गरेका आन्द्रे रसेल पनि आउट हुँदा वेस्ट इन्डिज ३८.५ ओभरमा २१६ । ६ को अवस्थामा पुग्यो।

कप्तान जेसन होल्डरले त्यसपछि सातौँ विकेटको लागि कार्लोस ब्राथवेटसंग ३६ रनको साझेदारी गरे।

४६ औं ओभरमा वेस्ट इन्डिजको स्कोर २५२ । ६ थियो जुन ओभरमा स्टार्कले लगातार २ विकेट लिंदै अस्ट्रेलियालाई खेलमा फर्काए। १६ रन बनाएका ब्राथवेट र लगत्तै ५१ रन बनाएका होल्डरलाई पनि स्टार्कले आउट वेष्ट इण्डिज धराशायी बन्न पुग्यो।त्यसपछि वेस्ट इन्डिज खेलमा फर्किन सकेन र ५० ओभरमा ९ विकेट गुमाएर २७३ रन मात्र बनाउन सक्यो।

बलिंगमा अस्ट्रेलियाक मिचेल स्टार्कले सर्वाधिक ५ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ४६ रन खर्चे । यस क्रममा उनले क्रिस गेल जेसन होल्डर, आन्द्रे रसेल र कार्लोस ब्राथवेटको महत्वपूर्ण विकेट समेत लिए।

Image result for west indies vs aus

प्याट कमिन्सले २ तथा एडम जाम्पाले १ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गरेको थियो।

७९ रन जोड्दा ५ विकेट गुमाएको अस्ट्रेलियाको योगफललाई एलेक्स केरेले ४५, स्टिभ स्मिथले ७३ तथा नाथन कौलटरले ९२ रन बनाउदै उकासेका थिए।

स्मिथ र एकेक्सले छैठौं विकेटको लागि ६८ रनको साझेदारी गरेपछि, स्मिथ र कौलटर बीच सातौँ विकेटको रुपमा १०२ रनको साझेदारी भएको थियो।

वेस्ट इन्डिजको बलिंगमा कार्लोस ब्राथवेटले सर्वाधिक ३ तथा ओशेन थोमस शेल्डन कटरेलले र आन्द्रे रसेलले समान २ । २ विकेट तथा जेसन होल्डरले १ विकेट लिए।

Share Now

Leave a comment.