लण्डन(संयुक्त अधिराज्य),२९ जेठ । आईसीसी एक दिवसीय विश्वकप अन्तर्गत बुधबार सम्पन्न १७ औं खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ।
पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले दिएको ३ सय ८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा सबै विकेट गुमाएर २ सय ६६ रनमा सीमित भयो ।
पाकिस्तानका ओपनर फखार जमान खाता नखोली प्याट कमिन्सको बलमा क्याच आउट भए । तर अर्का ओपनर इमाम उल हकले ५३ रन जोडे । मोहम्मद हाफिजले ४६, वाहव रियाजले ४५, सर्फराज अहमद ४०, हसन अली ३२, बाबर आजम ३०,असिफ अली ५ र साहिन साह अफ्रिदीले १ रन बनाए ।
पाकिस्तानलाई रोक्दै अस्ट्रेलियाको लागि प्याट कमिन्सले ३ विकेट तथा मिचेल स्टार्क र केन रिचर्डसनले २ । २ विकेट लिए।
यस अघि पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर ३ सय ७ रनको योगफल तयार गरेको थियो।
डेभिड वार्नरले १ सय ७ रन, कप्तान आरोन फिन्चले ८२ , रन बनाएका थिए। सौन मर्स २३, एलेक्स केरी र ग्लेन म्याक्सवेलले २० ।२०, उस्मान ख्वाजाले १८, स्मिथले १०, मिचेल स्टार्क ३, नाथन कटलर नाइल र प्याट कुमिन्सले २ २ र काने रिचर्डसनले १ रन बनाए ।
पाकिस्तानका मोहम्मद अमिरले ५,सहनसाह अफ्रिदीले २,हसन अली,वाहव रियाज र मोहम्मद हाफिजले १ । १ विकेट लिए ।
प्रतियोगितामा यो अस्ट्रेलियाको तेश्रो जित हो। यस अघि उसले अफगानिस्तानलाई ७ विकेटले, श्रीलंकालाई ३४ रनले पराजित गरेको थियो भने भारतसंग ३६ रनले पराजित हुन पुगेको थियो।
पाकिस्तानको भने ४ खेलमा यो दोश्रो हार हो। पहिलो खेलमा वेस्ट इन्डिजसंग ७ विकेटले पराजित भएको उसले, दोश्रो खेलमा इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको थियो भने तेश्रो खेल नतिजाबिहिन भने टुंगिएको थियो।



















