लण्डन(संयुक्त अधिराज्य), ३० जेठ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको भारत र न्युजिल्याण्डबीचको बहुप्रतिक्षित खेल बर्षाले प्रभावित भएको छ ।
निरन्तर बर्षाको कारण खेल सुरु नै नभईकन अंक बाँडेर टुंगियो । दुवै टीमले एक एक अंक पाएका छन् ।
अंक बाँडिदा न्युजिल्याण्ड निरन्तर शीर्षमा रहेको छ । उसले ४ खेलबाट ७ अंक जोडेको छ। उसले ३ खेल जितेर ६ अंक बनायो भने एक अंक बाँडेर पायो ।न्युजिल्याण्डले श्रीलंका, बंगलादेश र अफगानिस्तानलाई पराजित गरिसकेको छ।
भारतले भारतको ३ खेलमा ५ अंक पाएको छ। उसले २ खेल जित्यो भने एक खेलमा बाँडेको अंक पायो ।प्रतियोगितामा यस अघि भारतले अस्ट्रेलिया र दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
यो विश्व कपमा बर्षाका कारण खेल नतिजाविहिन भएको यो चौथो खेल हो । यस अघि पाकिस्तान र श्रीलंका, दक्षिण अफ्रिका र वेस्ट इन्डिज , बंगलादेश र श्रीलंकाबीचको खेल पनि नतिजाविहिन बनेको थियो।
भारतले अब आगामी खेल पाकिस्तानसंग आइतबार म्यानचेस्टरमा खेल्दैछ । न्युजिल्याण्डले आगामी खेल दक्षिण अफ्रिकासंग जुन १९ तारिखमा खेल्नेछ।