काठमाडौं, २९ जेठ । नेपाल विज्ञापन संघ (आन)ले बिहीबार आफ्नो २९औँ वार्षिकोत्सव मनाएको छ ।
आनले आफ्नो वार्षिकोत्सव नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा कार्यालय भवन परिसर शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो अबसरमा निःशुल्क स्वास्थ्य शिविरबाट ८० जना व्यक्तिहरू लाभान्वित भए भने रक्तदानबाट २२ पिन्ट रगत संकलन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन काठमाडौँ महानगरपालिका वडा नं ३१ का अध्यक्ष नारायण प्रसाद भण्डारीको स्वास्थ्य परिक्षण गरी गरिएको थियो ।
उनले आनले यस्ता कार्यक्रमहरुको आयोजना गरी आफ्नो सामाजिक दायित्व पूरा गरेको बताउँदै आनले समग्र वडाको विकासमा पुर्याएको योगदानको पनि प्रशंशा गरेका थिए ।
यसका साथै मेडिसिटि अस्पतालका महाप्रबन्धक विजय रिमाल र योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारीले पनि आनले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सामाजिक काममा खेलेको भूमिका प्रति प्रशंसा गरको थिए ।
आनका अध्यक्ष रबिन्द्र कुमार रिजाल ‘शशी’ले जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा आनका वर्तमान तथा पूर्व पदाधिकारी तथा विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो ।