लण्डन(संयुक्त अधिराज्य), ३२ जेठ । अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै जारी एक दिवसीय क्रिकेटको विश्वकपमा दक्षिण अफ्रिकाले पहिलो जित हात पारेको छ ।
शनिवार कार्डिफमा भएको २१ अैं खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ३४.१ ओभरमा सबै विकेट गुमाउदै १ सय २५ रन बनाएको थियो ।
१ सय २६ रनको सहज लक्ष्य पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा १ विकेट गुमाउदै २८.४ ओभरमा १ सय ३१ रन जोडेर खेलको नतिजा आफ्नो पक्षमा पार्यो ।
दक्षिण अफ्रिकाका लागि क्वीन्टन डि ककले ६८ रन बनाएका थिए । हसिम अमलासँग मिलेर डि ककले १०४ रनको साझेदारी गरेका थिए । हसिम अमलाले अविजित ४० रन बनाए । एण्डिल फेल्हलुक्वायोले १७ रन बनाए ।
दक्षिण अफ्रिकालाई रोक्ने क्रममा अफगानिस्तानका गुलाब नैबले एक विकेट लिए ।
South Africa 1 Quinton de Kock (wk), 2 Hashim Amla, 3 Aiden Markram, 4 Faf du Plessis (capt), 5 Rassie van der Dussen, 6 David Miller, 7 Andile Phehlukwayo, 8 Chris Morris, 9 Kagiso Rabada, 10 Beuran Hendricks, 11 Imran Tahir
Afghanistan 1 Hazratullah Zazai, 2 Noor Ali Zadran, 3 Rahmat Shah, 4 Hashmatullah Shahidi, 5 Asghar Afghan, 6 Gulbadin Naib (capt), 7 Mohammad Nabi, 8 Ikram Alikhil (wk), 9 Rashid Khan, 10 Aftab Alam, 11 Hamid Hassan
टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ३४ ओभर एक बलमा १ सय २५ रन जोड्दै अलआउट भयो । उसका तीन जना खेलाडीलेमात्र दोहोरो अंकको रन बनाउन सके । सर्वाधिक रन राशिद खानले बनाए । उनले २५ बलमा ६ वटा चौका हान्दै ३५ रन बनाएका थिए ।
ओपनर नुर अलि जद्रानले ३२ र हज्रतुल्लाह जजाईले २२ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले १० रन कटाउन सकेनन् । यस क्रममा अक्रम अलिखितले ९, हसनमूल्लाह शाहिदीले ८, रहमत शाहले ६, गुलाब नैबले ५ र मोहम्मद नवीले एक रन बनाए ।
अफगानिस्तानलाई सस्तैमा रोक्नका लागि इम्रान ताहिरले ४ क्रिश मोरिसले ३ फेलुकवायोले २ तथा कागिसो रबाडाले १ विकेट लिएका थिए ।



















