Prakash Adhikari June 16, 2019

लण्डन(संयुक्त अधिराज्य),१ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत शनिवार भएको २० औं खेलमा प्रतिस्पर्धी श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलियाले चौंथो जित निकालेको छ ।

लण्डनको केनिङटन मैदानमा अष्ट्रेलियाले दिएको ३ सय ३५ रनको फराकिलो लक्ष्य पछ्याएको श्रीलंका ४५ ओभर ५ बलमा अलआउट हुँदै २ सय ४७ रन मात्र जोडेर नतिजा अष्ट्रेलियालाई सुम्पियो ।

श्रीलंकाका लागि कप्तान दिमुथ करुनारत्नेले ९७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । कुशल परेराले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुशल मेन्डिसले ३० रन बनाए ।धनञ्जय डे सिल्भा र थिरिमाने लहिरुले १६ /१६ ,एञ्जिलो म्याथुले ९,इशिरु उदाना र एनएलटीसी परेराले ८/८, मिलिन्दा सिरिवर्धना ३ र लसिथ मालिंगाले १ रन जोडे ।

Australia defeat Shrilanka 2019को लागि तस्बिर परिणाम

श्रीलंकालाई सस्तैमा रोक्न अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिए । केन रिचार्डसनले ३ तथा पाट कुम्निसले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो ।

अष्ट्रेलियाको फराकिलो स्कोरमा कप्तान आरोन फिन्चले शतकीय इनिङ्स खेले । फिन्चले १ सय ५३ रन बनाए ।

यस्तै स्टिभ स्मिथले ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा ग्लेन म्याक्सवेलले अविजित ४६ रन बनाए । डेभिड वार्नर २६ रनमा आउट भए ।

अष्ट्रेलियालाई रोक्ने क्रममा श्रीलंकाका इशुरु उदाना र धनञ्जय डी सिल्भाले २ । २ विकेट लिए ।

World Cup

TEAM M W L PT NRR
AUS 5 4 1 8 0.812
NZ 4 3 0 7 2.163
ENG 4 3 1 6 1.557
INDIA 3 2 0 5 0.539
SL 5 1 2 4 -1.778
WI 4 1 2 3 0.666
SA 5 1 3 3 -0.208
BDESH 4 1 2 3 -0.714
PAK 4 1 2 3 -1.796
AFG 4 0 4 0 -1.638

यो जितसंगै अष्ट्रेलिया पाँच खेलमा ४ मा विजयी बन्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अष्ट्रेलियाले ५ खेलबाट ४ जित र १ हारसहित ८ अंक जोडेको छ ।

श्रीलंकाको यो दोस्रो हार हो । ५ खेलमा १ जित, २ हार र २ बराबरी खेलेको श्रीलंकाको ४ अंक छ ।

Share Now

Leave a comment.