Prakash Adhikari June 19, 2019

काठमाडौं, ४ आषाढ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार गुठीसम्बन्धी कानूनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयक २०७५ फिर्ता लिएको घोषणा गरेपनि राजधानीका गुठीयारहरुले सो विधेयकको मस्यौदा खारेजीको माग गर्र्दै बुधबार माइतीघर मण्डलामा विशाल विरोध प्रदर्शन गरेका छन् ।

आफ्ना धर्म,संस्कृति,रीति रिवाज,परम्परा र सामाजिक कामहरु सम्पन्न गर्न सामुदायिक र निजी स्तरमा स्थापना गरिएका गुठीको व्यवस्थापनका नाममा सरकारले प्रतिनिधि खटाउन सक्ने र चल अचल सम्पत्तिको स्वामित्व लिन सक्ने प्रावधानसहितको विधेयक एकाएक संसद सचिवालयमा दर्ता भएको थाहा  पाएका राजधानीका गुठीयारहरुले सो मस्यौदा विधेयक खारेजीको माग गरेका हुन।

गुठीयारहरुले विशाल प्रदर्शन, राजधानीको यातायात प्रभावित

संसदमा दर्ता नभएको विधेयक खारेज गर्नुको कुनै अर्थ र औचित्य देखिदैन तर गुठीयारहरुमा आफ्नो योगदानले बनाएको गुठी मासिने र धर्म,संस्कृति,रीतिरिवाज,परम्परा आदिलाई अवरोध सिर्जना गर्न जुनसुकै दिन पनि सरकार उत्रिन सक्ने आशंकाका भरमा सो नारा अगाडि सारेका हुन ।

गुठीयारहरुको जुलुसले माइतीघरको सार्वजनिक यातायात नै प्रभावित बनेको छ ।

गुठीसम्बन्धी विधेयक सरकारले मंगलबार नै फिर्ता लिएको घोषणा गरे पनि राजधानीको गुठीयारहर सरकारप्रति अझै सशंकित छन्, विश्वस्त हुन सकिरहेका छैनन् ।

Share Now

Leave a comment.